मुख्य समाचारसमाचार
शताब्दी पुरुष जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । संस्कृतिविद् जोशीको निधनमा सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरू, कूटनीतिक नियोगहरूमा मङ्गलवार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले सुचना जारी गर्दै जानकारी दिलाएका हुन् ।
भोली (मंगलबार) राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि सरकारले गरेको छ । जोशीको १०३ वर्षको उमेरमा हिजो निधन भएको थियो ।
किष्ट अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो ।