शिक्षा स्वास्थसमाचार

एक्जिमा एउटा छालाको रोग हो: पढ्नुहाेस

What is Eczema!

Gobal IME Bank

एटोपिक डमेटाइटिस एउटा छालाको रोग हो, जसलाई एक्जिमा पनि भनिन्छ एक्जिमा छाला सम्बन्धि धेरै मान्छेहरुलाई हुने रोग हो । नेपालमा मात्र नभई, विदेशमा पनि सामान्य रुपमा पाइने छाला रोग हो । यो रोग छाला धेरै सुख्खा भएर हुन्छ ।

हाम्रो शरीरलाई छालाले ढाकेको हुन्छ । शरीरको छाला यति धेरै बलियो हुन्छ कि छालाबाट माटो, धुलो र ब्याक्टोरिया जस्ता कुनै पनि कुरा शरीरभित्र प्रवेश गर्न सक्दैनन् । जब छालाको स्वास्थ्यलाई ध्यान दिइदैन्, बेवास्ता गरिन्छ, तब छाला धेरै सुख्खा हुन थाल्छ । छालाको सुख्खापन नै छालाको घाउ हो, जसलाई एक्जिमा भन्निछ ।

एक्जिमा कसरी हुन्छ ?

जब छाला धेरै सुख्खा हुन्छ छाला विस्तारै चिलाउन थाल्छ त्यसपछि साना—साना दाना आउन थाल्छन् । त्यो दानालाई चिलाउँदा छाला बाक्लो भएर रसाउन थाल्छ ।यसलाई धुलो, घाम र हावा सबैले असर गर्छ । घामले पोल्न हुन्छ थाल्छ र त्यसपछि एक्जिमाको समस्या सुरु हुन थाल्छ । एक्जिमा भएको अवस्थामा छालाको बाहिरी भागको एक लेयर जाने गर्छ । सुख्खापन भएर बाहिरी भागको लेयर गइसकेपछि सबै कुरा छालाबाट भित्र प्रवेश गर्न थाल्छन् । धुलोको कणहरु भित्र प्रवेश गर्न थाल्छन् ।

एक्जिमाका लक्षणहरु:

  1.  छाला धेरै सुख्खा हुनु ।
  2. धेरै चिलाउनु ।
  3. साना दाना आउनु  ।
  4. चिलाउँदा छाला बाक्लो हुनु  ।
  5. धुलोको कणहरु वा घामले पोल्नु ।

के कारणले एक्जिमा हुन्छ ?

एक्जिमाको मुख्य र एक मात्र कारण हो छाला धेरै सुख्खा हुनु। छाला हेर्दा नाजुक देखिए पनि यो बलियो हुन्छ, यसले शरीरलाई सुरक्षा कवचको रुपमा बचाइरहेको हुन्छ । त्यही छाला जब धेरै सुख्खा हुन्छ तब एक्जिमा हुन थाल्छ । एक्जिमा हुन सक्ने भएकाले छालालाई सुख्खा हुन नदिनु विशेष ध्यान दिनुपर्छ ।

 एक्जिमा हुन नदिन ध्यान दिनुपर्ने कुरा: 

 १) स्वस्थ खाना खानमा एकदमै ध्यान दिनुपर्छ । कार्वोहाइड्रेड, भिटामिन, मिनिरल्स र पोषणयुक्त खाना खाने गर्नुपर्छ । खाना समयमै खानुपर्छ ।
२) आराम गर्न एकदमै जरुरी हुन्छ । धेरै काम गरिसकेपछि वा थकान महसुस भएपछि आराम गर्नु राम्रो हुन्छ । यसले छालालाई चम्किलो बनाउन मद्दत गर्छ ।
३) दैनिक योगाभ्यास गर्ने शरीरलाई स्वस्थ्य र फूर्तिलो बनाई राख्नको लागि दैनिक योगाभ्यास गर्नुहोस् । शरीर जति प्रयोग भयो त्यति नै बलियो हुँदै जान्छ ।
४) पर्याप्त निन्द्रा छालाको लागि अर्को जरुरी कुरा भनेको निन्द्रा हो । ७ देखि १० घण्टा सुत्नैपर्छ । यसले छालालाई पनि एकदम राम्रो बनाउनमा मद्दत गर्छ ।

एक्जिमा कसरी नियन्त्रण गर्ने ?
सुरुमा जब एक्जिमाको लक्षणहरु देखा पर्न थाल्छन् । त्यतिबेला नै यसलाई नियन्त्रण गरेर यो रोगलाई बढ्नबाट रोक्न सकिन्छ । एक्जिमाको लक्षण देखिनासाथ जस्तै अलि अलि छाला सुख्खा भएर चिलाउन थाल्यो भने चिलाएको भागमा पानीमा हल्का भिजाएर तेल वा मोस्टराइजर क्रिम लगाउनुपर्छ । यसो गर्दा छाला पछि विस्तारै—विस्तारै आफै ठिक हुन थाल्छ । तर, चिलायो भन्ने बित्तिकै आफू फोहोर भएको सम्झेर दिनदिनै साबुन लगाएर नुहाउने गर्नु हुँदैन। यसले छालालाई झन धेरै असर गर्छ । -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button