Grace Computer Jawalakhel
समाचार

प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–७ सानुसिरुबारीमा यही पुस २६ देखि माघ १ गतेसम्म ३ नं प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिने भएको छ ।

सिन्धुपाल्चोकको आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनका साथै नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउने उद्देश्यले प्रदेशस्तरीय प्रथम भदौरे गणेश कप भलिबल प्रतियोगिता गरिन लागिएको हो । प्रतियोगितामा प्रदेशका १३ जिल्लाका टोलीले भाग लिनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु दुई लाख दुई हजार २० र द्वितीय हुने टोलीलाई रु एक लाख एक हजार १०, कप तथा मेडल प्रदान गरिने आयोजक भदौरे गणेश सामाजिक संस्थाका अध्यक्ष रविन गौतमले जानकारी दिनुभयो ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button