Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारसमाचार

क्षणिक लोकप्रियता तपाईको वास्तविक प्रतिभाको उपज हो ? ‘भाइरल’ पछिको जिन्दगी

एजेन्सी । आजकाल इन्टरनेटमा ‘भाइरल’ शब्द निकै चर्चित भई रहेको छ । इन्टरनेटमा मानीसहरुलाई ट्रेन्ड हुनु छ वा भाइरल हुनु छ । मानीसहरु केही समयको लोकप्रियतामा रमाउन खोज्दछन् , यद्यपी त्यो लोकप्रियता वास्तविक प्रतिभा भएर होस् वा त अन्य केही ।

इन्टरनेटको सरल पहुँच र यस्को सहि प्रयोगको ज्ञानको कमिले मानीसलाई कुन विषय कति गहन भन्ने कुरा सोरेर बस्न समय नै नभए जस्तो देखिन्छ । त्यसो त इन्टरनेट र सामाजिक सञ्जालले कयौं मानीसहरुलाई छोटो समयमै चर्चाको शिखरमा पुर्याइरहेको हामी देखिरहेको हुन्छौं । के छ हजुर भनेको भरमा अथवा आफ्नो पुर्व प्रेमीलाई याद गर्दै मेलामा नाचेको भरमा मान्छेहरुलाई भाइरल बनाइदैछ ।

यसलाई अझ बढि प्रोत्साहन भने युट्युब च्यानलहरुले दिने गर्छन् यि भाइरल भएको व्यक्तित्वहरुको इन्टरभ्यु लिएर । तर यो क्षणिक प्रसिद्धिताले के भविष्यमा लाभ प्राप्त भइरहन्छ रु हामीले अहिले के छ हजुर भनेर भाइरल भएका एक बालकलाई उदाहरणको रुपमा हेर्न सक्छौ, यो क्षणिक प्रसिद्धताले कति धेरै असर गर्न सक्छ भनेर । यद्यपी उनको जीवनमा कति के फाइदाहरु पनि भए भन्नेकुरा भने उनी र उनका परिवारलाई नै ज्ञात होला ।

आफ्नो च्यानलको टिआरपिको लागि इन्टरभ्यु लिएर भाइरल बनाइएको ति बालकको बाल मस्तिष्कमा कस्तो किसिमको असर पर्न गयो होला रु सामाजिक सञ्जालमा वा मिडियामा आफुलाई बचाइदिन गुहार्दै गरेको ति बालकको पछिल्लो समयको भिडियो हेर्दा मन चिसो हुन्छ । हामी दर्शक इन्टरटेटमेन्टको लागि उनिहरुको भिडियो हेर्छौ अनि बिर्सिन्छौ, युट्युब च्यानलहरु यस्तै किसिमको व्यक्ति खोज्दै हिँडि रहेको हुन्छन् ।

भाइरल हुने ट्रेन्डको सिमा नै पार भइ रहेको छ । मानिसहरु हाँसेको भरमा, चोकतिर केटा हो, चोकतिर भनेर भाइरल भई रहेको छन् अनि उनिहरुको पछि लाग्न थाल्छन् युट्युब च्यानलहरु ।

भाइरल हुने प्रवृत्ति नेपालमा मात्रै नभई अन्य राष्ट्रहरुमा पनि छ । छिमेकी राष्ट्र भारतकै कुरा गरम् । त्यहाँ पनि यस्ले निकै ठुलो प्रभाव पारेको हामी देख्न सक्छौं । भारतको रेलवे स्टेसनमा गित गाएर भाइरल भएकी पात्र हुन् रानो मन्डोल । उनी मानिसहरुको लागि हासोको पात्र बन्न पुगेको कारण उनले मिडिया इनफ्लुयन्सरको कडा निन्दा पनि गरेकी थिइन् तर उनी अहिले कहाँ छिन् कसैलाई पत्तो छैन । हालकै कुरा गर्ने हो भने उदाहरणको लागि हामी कच्चा बदाम गित गाएर फेमस भएका भुवन बेदायकरलाई लिन सक्छौ । उनले सडकमा बदाम बेच्दै गर्दा कच्चा बदाम भन्ने गित गाएका थिए र उनी पछि सामाजिक सञ्जालहरुमा निकै भाइरल भए । साथै पछि उनले सोही गितलाई रेकर्ड गराउने मौका पनि पाए र निकै चर्चा पनि बटुले । उनको कच्चा बदाम गीतले युट्युबमा ४०१ मिलियन भिउज पाएको छ तर अहिले उनी पुन आफ्नो साधारण जिवनमा फर्किएका छन्, फेरी बदाम बेच्न थालेका छन् र अब उनले आफ्नै गीत कपिराइटको कारण गाउन नपाउने भएका छन् ।

साधारण जिवनयापन गरिरहेको मानिसहरुलाई अचानक भाइरल बनाइन्छ, क्षणिक प्रसिद्धि दिइन्छ र पछि उनीहरुबाट लाभ प्राप्त नहुने भएपछि उनीहरुलाई वेवास्ता गर्न थालिन्छ र उनीहरु पुन एक पटक आफ्नो साधारण जिवनशैलीमा फर्किन बाध्य हुन्छन् ।
ठेट नेपाली भाषामा भन्नु पर्दा सोसल मिडियाले साधारण व्यक्तिलाई एकैचोटि टुप्पोमा पुराएर नराम्रो सँग तल झार्ने काम गरिरहेको हुन्छ । यसको प्रभाव यी भाइरल व्यक्तिहरुको जिवनमा, मस्तिष्क र भावनामा पर्न जान्छ ।

हामी यो प्रवृत्तिलाई साधारण रुपमा लिइ रहेको छौ तर यसरी साधारण कार्य गरिहेका मानिसलाई भाइरल बनाई करोडौ मानिसको अटेन्सन दिइन्छ । यस प्रकारको प्रवृत्तिको अनुभव गरेका यी साधारण जिवनशैली बाँच्ने व्यक्तिहरुको मन मस्तिष्कमा कस्तो असर पर्यो होला यो हामी कल्पना पनि गर्न सक्दैनौ । तर यो सबै देख्दा देख्दै पनि युवा पुस्ताहरु भाईरल हुन अनावश्यक गतिविधि गर्ने क्रम बढि रहेको देख्दा यो चिन्ताको विषय बन्न पुगि सकेको छ । त्यसैले क्षणिक समयको लोकप्रियताभन्दा पनि आफ्नो कुनै पनि किसिमका प्रतिभा र हुनरलाई निखार्नुहोस् ताकि पछि गएर हण्डर खान नपरोस् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
bless

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button