गुड न्यूज 24

अरुलाई खुशी बनाउने ५ सुत्रहरु पढ्नुहोस् : – Good News24

Gobal IME Bank

१. आफु थोरै बोल्नुस धेरै सुन्नुहोस् ।
अरुको कुरा सुन्न सक्नु आँफै भित्रको एक क्षमता हो । धेरै पल्ट हामी आफ्ना कुराहरु गरिरहेका हुन्छौ । आफ्नै बारेमा बताइरहेका हुन्छौ । आफुले गरेका, आफुले बोलेका, आफुले अरुलाई चुप गराएका किस्साहरु सुनाउदा आँफैमा सन्तुष्टी मिल्ने गर्दछ । तर आफ्नो खुशी भन्दा पनि अरुको खुशी हेर्ने हो भने कम बोल्ने र धेरै सुन्ने गर्नुस । याद गर्नुहोस त जति खुशी तपाईं आफ्ना कुरा गर्दा हुनुहुनेथियो त्यती नै खुशी तपाईंको साथी भईरहेको हुन्छ । यदि तपाईं अरुको कुरा सुन्न सक्नु हुन्न भने अरुलाई खुशी बनाउने कुरामा कमजोर हुनुहुन्छ । परिवार मै पनि आफ्ना कुराहरु मात्र सुनाउने नगरनुस । सबै कुराहरु सुन्नुहोस ।

२. अरुलाई जित्न दिनुहोस् ।
हारले अवश्य दुखी बनाउछ तर याद गर्नुहोस त जितले बिपरित जो छ उसलाई खुशी बनाउछ । कहिलेकाही अरुको खुशी चाहने हो भने हार्न पनि सिक्नुहोस । खेलमा मात्र होइन जिन्दगीमा नै साना साना कुराहरुमा आफु जित्न सक्ने क्षमता कै भए पनि हारिदिनुस । कहिले काही आफुले जानेका कुराहरुमा मौन बसएर, कहिले आफुले गर्न सक्ने कुराहरुमा गिभ अप गरेर, कहिले काही रमाइलो को लागि नै भए पनि बिपरित ब्यक्तीको निम्ती हारिदिनुस । उसको जितले उसलाई खुशी बनाउने छ अनी उसको खुशीले तपाईंलाई बिजयी बनाउने छ । जीवनको असली खेलमा (सफलताको खेलमा) भने जित्ने प्रयास गर्नुहोस तर अरुको खुशीको लागि हारिदिनुस ।

३. खुलेर तारिफ गर्नुस् ।
कही कसैलाई खुशी गराउनु छ भने उसको तारिफ खुलेर गर्नुहोस । उसको तारिफ गरिदिएर तपाईं घट्नु हुने छैन तर उसको उसको मुस्कानले तपाईं पनि खुशी हुनु हुने छ । परिवारका सदश्यले गरेका साना ठुला काम जे भए पनि त्यसको खुलेर तारिफ गर्ने गर्नुहोस । कहिलेकाही आफु भन्दा सानालाई स्याबासी दिनुहोस र आफु भन्दा ठुलाको काम प्रती धन्यवादी भईदिनुहोस । कसैको सुन्दरताको, कसैको बौधिक क्षमताको, कहिले शारिरिक क्षमताको, कसैको सम्पती वा बस्तुको, लवाइ वा खुवाइको, कसैको प्रतिभाको खुलेर तारिफ गरिदिनुस । केही कमजोरी छन भने तारिफ पछाडि अलिकता सुधार्न सकिने कुराहरु बताइदिनुहोस ।

४. गुनासो वा निन्दा
कसैको कमजोरी तेस्रो ब्यक्ति नभन्नुस । जसको कमजोरी वा जो संग चित्त नबुझेको छ उसलाई नै प्रत्यक्ष्य कुरा गर्नुहोस । पछाडि पछाडि उसको बारेमा कुरा नगरनुहोस । भनिन्छ, तारिफ गर्नु पर्दा पिठिउ पछाडि र आलोचना गर्दा मुख अगाडि बाट गर्नुपर्दछ । यो अलि कठिन छ, यसले प्रत्यक्ष्य बिवाद हुन सक्छ तर मनका तितो फालिसके पछी अब समाधानका बाटोहरु खोजिने छ र कालन्तरमा यसले दुबैलाई खुशी बनाउने छ । धेरैको गुनासो हुन्छ, “यदि यि सब रहेछ त उसले मलाई फेस टु फेस किन भन्न सकेन ?” कहिलेकाही प्रत्यक्ष गरिएका कुराहरुले बिपक्षीलाई खुशी तुल्याउदछ । वास्तविकता तपाईंले सोचे भन्दा फरक हुन सक्छ । त्यसैले गुनासो वा निन्दा प्रत्यक्ष गर्ने गर्नुहोस ।

५. माफि दिनुस्
माफि दिन सक्नु अर्को एउटा महान क्षमता हो । कहिलेकाही अरुले गरेका गल्तीहरुमा हामी त्यसलाई नै ठुलो बनाएर सम्बन्ध नै तोडिदिन्छौ । गल्ती कसले गर्दैन र ? सबै बाट गल्ती हुन्छ । तपाईंबाट पनि हुन सक्छ । त्यसैले अरुलाई खुशी बनाउनु छ भने अरुले गरेको गल्तीलाई क्षमा दिने गर्नुहोस । यो अलि कठिन छ तर कठिनाई माथिको सफलताले अरुलाई खुसी बनाउन सक्छ ।

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button