अन्यगुड न्यूज 24शिक्षा स्वास्थ

Job Interview को लागि तयारी कसरी गर्ने ?

Gobal IME Bank

कुनै पनि जागिरको लागि अन्तरवार्ता निकै महत्वपूर्ण हुन्छ । जागिरको लागि अन्तर्वार्ता पहिलो प्रभाव राम्रो बनाउने सबैभन्दा उत्तम तरिका मध्ये एक हो । यो तपाइँको रोजगारदाताको मनमा तपाइँ प्रति सद्भाव र विश्वास जगाउने अवसर पनि हो । कसरी म्यानेजरलाई आफु उक्त पदका लागि उपयुक्त छु भनेर जानकारी गराउने ? कम्पनीका बारेमा कसरी थाहा पाउने ? कसरी अन्तर्वार्ताको तयारी गर्ने ? अन्तर्वार्ताका लागि जाँदा कस्तो पहिरन लगाउने र कसरी प्रस्तुत हुने ? त्यो पदको लागि तपाइँ नै अरु आवेदक भन्दा उत्तम हुनुहुन्छ भन्ने दर्शाउनको लागि हामीले केहि महत्वपूर्ण बुँदाहरू उल्लेख गरेका छौ ।

१) कम्पनीका बारेमा जानकारी
कुनै पनि संस्थामा जागिर सुरु गर्नु अगावै उक्त संस्थाका बारेमा जानकारी राख्नु महत्वपूर्ण हुन्छ । त्यसैले कुनै संस्थामा अन्तर्वार्ता दिन जाने हो भने सम्बन्धित संस्थाका बारेमा जानकारी लिनुपर्छ। यसले आफुलाई अन्तर्वार्तामा उत्तर दिन मात्र होइन, जागिरका लागि निर्णय गर्न पनि सजिलो बनाउँछ। कम्पनीका बारेमा त्यहाँको काम गर्ने शैली, काम गर्ने वातावरण एवं त्यहाँका हुनेवाला सहकर्मीहरूका बारेमा थोरै भए पनि जानकारी लिनुपर्छ।

२) समयको ख्याल गर्नुहोस
अन्तर्वार्ता दिन जादा बोलाइएको समय भन्दा केहि समय अघि पुग्नु उत्तम हुन्छ ताकि तपाइलाइ थोरै आराम गर्ने समय होस् । अन्तर्वार्ताका लागि कहाँ जानुपर्ने हो ? त्यहाँ जाने बाटो कताबाट कता हो ? कुन समयमा पुग्नुपर्ने हो ? सबै कुराको जानकारी लिनुपर्छ। कार्यालयमा गएर कोसँग भेट्ने भन्ने कुरामा पनि स्पष्ट हुनुपर्छ। अन्तर्वार्ता दिने व्यक्तिलाई तपाइँ हतारमा आएर अन्तर्वार्ता दिइरहेको जस्तो भान नहोस । यदि अन्तर्वार्ताको दिन तपाइँ ढिला पुग्नु भो भने तपाइँ जागिर प्रति वफादार नभएको र हेल्चेक्र्याई गरेको जस्तो देखिन्छ त्यसैले सधै समयको ध्यान दिनु जरुरी हुन्छ ।

३) सरल प्रस्तुतीकरण ।
अन्तर्वार्ता दिने कोठामा छिर्नुअघि के म भित्र छिर्न सक्छु भनेर सोध्नुपर्छ। अन्तर्वार्ता लिने मानिसको अघि पर्ने बित्तिकै नर्भस हुने अथवा हडबडाउनु हुँदैन । अन्तर्वार्ता लिने मानिसको प्रश्नको जवाफ संयमित रूपमा राम्रोसँग, स्पष्ट आवाजमा दिनुपर्छ। सकेसम्म उक्त पदका लागि आफु उपयुक्त भएको कारण उल्लेख गर्नुपर्छ । अनावश्यक धेरै कुरा गर्नु हुँदैन।

४) छिटो र छोटो जवाफ दिनुहोस ।
जवाफ दिन ढिला गर्नु भयो भने यसले अन्तर्वार्ता लिने व्यक्तिको मनमा तपाइँ कन्फीडेन्ट हुनुहुन्न भन्ने नकारात्मक प्रभाव पार्दछ त्यसैले आफ़ुलाइ सहि लागेको कुरा समय नलगाई भन्नु पर्दछ । तपाइले बोल्ने शब्द सरल हुनुपर्छ ताकि जो कोहिले बुझ्न सजिलो होस् । त्यस्तै धेरै लामो जवाफ दिनु पनि गलत हो सकेसम्म छोटो मिठो जवाफ दिनुहोस ।

५) राम्रो जवाफ होइन ,सत्य जवाफ दिनुहोस ।
धेरैले सोच्छन कि अन्तर्वार्ताको समय आफु हरेक कुरामा पर्फेक्ट र इमान्दार भएको कुरा देखाउनु जरुरि छ तर यस्तो होइन । केहि कुरा तपाइको अनुभवको बारेमा सोधिएका हुन्छन, सधै अनुभव राम्रो हुन्छ भन्ने हुदैन । त्यसैले आफुलाई लागेको कुरा र आफुले भोगेको कुरा काल्पनिक नभएर वास्तविक भन्नु उपयुक्त हुन्छ यसले तपाइँ इमान्दार हुनुहुन्छ भन्ने कुरा दर्शाउँछ ।

६) सबैलाई शिष्टाचार देखाउनुहोस्।
अन्तर्वार्ता दिने क्रममा भेटिएका सब व्यक्तिलाई मुस्कानले स्वागत गर्नुहोस साथै शान्त र नम्र भएर बोल्नुहोस यसले तपाइको शानदार व्यक्तित्वलाई झल्काउछ । अन्तर्वार्ताको समयमा मोबाइल बज्नु हुँदैन, चुइंगगम, चकलेट वा अन्य चिजहरू मुखमा राख्नु हुँदैन।

७) जागिरको विश्लेषण गर्नुहोस् ।
सबैभन्दा महत्वपूर्ण कुरा जागिर आफ्नो योग्यता अनुरूप छ कि छैन जान्नु पर्छ । जागिर पाइसकेपछि आफूले त्यहाँ गर्नुपर्ने कामका बारेमा पत्ता लगाउनुपर्छ। आफूबाट कम्पनीले के चाहन्छ ? त्यो पनि महत्वपूर्ण हुन्छ । त्यसैले यसलाई पनि विश्लेषण गर्नुपर्छ। आफ्नो कला, क्षमता, पेसागत दक्षता एवं व्यक्तिगत गुण कम्पनीको मागअनुसार छ वा छैन पत्ता लगाउनुपर्छ। कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार गर्नुपर्छ ।

८) आफ्नो गुण र कम्पनीको माग ।
जब कम्पनीको माग र आवश्यकता अनि आफ्नो गुण र योग्यताको सूची तयार हुन्छ, तब जागिरको अवश्यकतासँग आफ्नो गुण र योग्यता दाज्नुपर्छ। आफ्नो कला, शैक्षिक योग्यता, अनुभव, पेसागत योग्यता, दक्षता, क्षमता एवं कम्प्युटर स्किलजस्ता कम्तीमा ११ वटा कुराको सूची तयार पार्नुपर्छ, जुन अन्तर्वार्ताकारसँग सेयर गर्न काम लाग्छ। आफ्नो सूची र जागिरको माग मिल्छ कि मिल्दैन रुजु गर्नुपर्छ। यति भएपछि अन्तर्वार्तामा सोध्न सकिने सम्भावित प्रश्नको जवाफका लागि तयार हुनुपर्छ।

९) पहिरनमा ध्यान ।
कुनै पनि काम हतारमा गर्नु हुँदैन। अन्तर्वार्तामा जानुभन्दा अघि नै पहिरन तयार राख्नुपर्छ। अन्तर्वार्ताका लागि र्फमल ड्रेसमै जानु उपयुक्त हुन्छ। यसले व्यक्तित्व झल्काउनुका साथै आफूलाई अफिसियल बन्न पनि मद्दत पुर्‍याउँछ। र्फमल ड्रेस आइरन गरेर राख्नुपर्छ। भनिन्छ- ‘फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन’ त्यसैले झुक्किएर पनि क्याजुअल ड्रेसमा अन्तर्वार्ता दिन जानु हुँदैन, किनभने त्यसले आफ्नो इम्प्रेसन खराब बनाउन सक्छ।

१०)  के-के लाने ? के नलाने ?
सामान्यतया अन्तर्वार्ताको समयमा केही चिज छुटाउनु हुँदैन। ती मध्य आफ्नो बायोडाटाको अतिरिक्त कपी र अनुभवका पत्रहरूका कपीको साथमा रिफरेन्स महत्वपूर्ण हुन्छ। त्यसबाहेक आफ्नो शैक्षिक योग्यताका सर्टिफिकेट लगायत ट्रेनिङ्गका सर्टिफिकेटहरू पनि लानु राम्रो हुन्छ।

११)  सुन्नुहोस र सोध्नुहोस् ।
अन्तर्वार्ता लिने व्यक्तिको कुरा ध्यान दिएर सुन्नुपर्छ। कुनै कुरामा कन्फ्युज भए शिष्टतापूर्वक प्रश्न सोध्न हिचकिचाउनु हुँदैन भने अनावश्यक कुरा पनि गर्नु हुँदैन।

९) सम्भावित सोधिने  प्रश्नको सुची तयार गरेर अभ्यास गर्नुहोस ।
आफूसँग सोध्न सकिने केही नमुना प्रश्नको सूची तयार गर्नुपर्छ । जसका लागि केही जानकार व्यक्तिहरूको अथवा इन्टरनेटको सहयोग लिनुपर्छ। यसले अन्तर्वार्तालाई सहज बनाउन मद्दत गर्छ।  यदि तपाइँ पहिलो पटक अन्तर्वार्ता दिन जादै हुनुहुन्छ भने आफु भन्दा ठुलो व्यक्तिको अगाडि  बोल्न डर लाग्ने हुन् सक्छ । त्यसैले साथीलाई अन्तर्वार्ता लिने व्यक्ति ठानेर उसको अगाडि बोल्नु ,जब अन्तर्वार्ताको तयारी गर्ने उत्तम उपाय हो यसरी अभ्यास गर्दा तपाइँमा आत्मविश्वास बढ्नुका साथै नडराइ नलजाई बोल्नको लागि सहयोग हुन्छ ।

-सुमित नेपाली

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button