गुड न्यूज 24शिक्षा स्वास्थ

युवा अवस्थामा पोर्नको लतबाट आफुलाई कसरी जोगाउने ? पढ्नुहोस् – Good News 24

Gobal IME Bank

अहिलेको समयमा सबैको हातमा स्मार्ट फोन छन् । स्मार्ट फोनको प्रयोगले सबैलाइ इन्टरनेटबाट पोर्न साइटहरु हेर्न सजिलो भएको छ । पोर्न भिडियो र फोटो हेर्ने बानीले हाम्रो जीवनमा धेरै नोक्सानी पुर्याउने काम गर्दछ । एक अध्ययनका अनुसार अहिले समाज तथा परिवारमा विभिन्न समस्याहरु अाउनुको कारणहरूमा अश्लिल सामग्रीको लत हो भन्ने अध्ययनले देखाएको छ । बैवाहिक जीवनमा असन्तुष्ट, बलात्कारको घटना साथै प्रेममा धोका जस्ता समस्याहरू बढ्दै भएको छ ।
मानिसमा यौनचाहना हुनु कुनै नौलो कुरा होइन यो प्राकृतिक देन हो त्यसैले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिन्न र गर्नु हुन्न पनि तर अत्याधिक यौन चाहना हुनुले तपाइको दैनिक कार्य या मानसिक स्वास्थ्यमै असर पर्न सक्छ । त्यसो भए के तपाइँ यौन सम्बन्धि बारम्बार आउने विचारहरु द्वारा चिन्तित हुनुहुन्छ? के तपाइँ हरेक समय यौनको बारेमा सोच्नबाट स्वतन्त्र हुन चाहानुहुन्छ?

किशोरावस्थामा प्राय: सबै स्त्री या पुरुषहरु यौन चाहनाको तिव्र इच्छालाई शब्दमा प्रस्तुत गर्न सक्दैनन् । त्यसैले उनीहरु त्यसको विकल्प रोज्न थाल्छन । उनीहरु पोर्न साइटतिर आफ्नो आवश्कता परिपूर्ति गर्ने तरिका खोज्न थाल्छन । पटक पटक यहि क्रियाकलाप दोहोर्याउदा पोर्न साइट र यौन बिचारको लत नै बन्न गएको समेत पत्तो पाउदैनन । त्यसैले यहाँ हामीले केहि टिप्सहरु दिएका छाै । यस्ले यौन बिचारलाई नियन्त्रण गर्न सहयोग गर्दछ ।

– यौनको बारेमा सोच्नबाट रोक्नुहोस् ।
पोर्नको बारेमा सोच्न बन्द गर्नुहोस् । पोर्न साइटहरूमा तपाइँले सबै सदस्यता लिनु भएको छ भने बन्द गर्नुहोस् । जब तपाइँ पोर्न सामग्री हेर्ने मन लागेको महसुस गर्नुहुन्छ त्यस स्थानमा नबस्नुहोस जहाँ अश्लिल सामग्री हेर्न सक्ने अवस्था हुन्छ बरु परिवार वा साथीहरू को विचमा घुलमिल हुनुहोस यसले गर्दा दिमागमा आएको यौनको सोच नियन्त्रित हुन्छ ।

-व्यस्त रहनुहोस् ।
आफुलाई व्यस्त राखे संगै अश्लील सामग्रीको लत पनि जान्छ। तपाईंसँग जति धेरै बेकार समय हुन्छ, पोर्न सामग्री प्रतिको प्रलोभनको अधिक संभावना हुन्छ। धेरै फुर्सदिलो हुनुले के गरु के गरु को स्थिति सिर्जना गर्दछ र त्यतिबेला तपाइको अाफ्नो घर कोठा सफा गर्ने, सार्वजनिक स्थानहरूमा जाने, धार्मिक कार्यक्रमहरूमा सहभागी हुने ।

– व्यायाम तथा खेल सुरु गर्नुहोस्।
तपाईले गर्नुपर्ने  धेरै महत्त्वपूर्ण कुरामा खेलकुद वा व्यायाम सुरू गर्नु हो । जीवनभरको लागि यो बानीको विकास गर्नुहोस्। पहिले तपाईं यो केहि समयको लागि गर्नुहोस् र बिस्तारै समय बढाउनुहोस्। यसले तपाईंलाई यौन बिचार वाहेक अन्यत्र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ।

– डाटा प्याकहरू डाउनग्रेड गर्नुहोस् ।
अध्ययनहरूले प्रमाणित गरेको छ कि हाइ स्पिड र हाइ Mbps का साथ जडान गरिएको ईन्टेनेट पोर्न हेर्नका लागि अधिक प्रयोग गरिन्छ। लगभग ५०/८० प्रतिशत डाटा पोर्नको लागि खपत हुन्छ। त्यसैले तपाइँबाट पनि यो गल्ति नदोहोरियोस भन्नको लागि कम स्पिडको इन्टरनेट या डेटा प्रयोग गर्नुहोस ।

– अश्लील सामग्रीहरुको कलेक्सन डिलिट गर्नुहोस ।
आफु संग भएका अश्लिल सामग्री हटाउन हतार गरिहाल्नु पनि पर्दैन। एक वा दुई महिना प्रतिक्षा गर्नुहोस्। एक पटक तपाईले नियमित कार्य गर्ने ,व्यायाम, मेडिटेसन र पढ्ने बानी आदिको दैनिक तालिका बनाउनुहोस जहाँ अश्लिल सामग्री हेर्नको लागि समय नछुट्याउनुहोस । यो सब गर्न सफल भइसके पछि तपाईले आफ्नो फोन या अन्य कुनै डिभाइसमा संकलन गरेका सबै अश्लिल चीजहरू हटाउनुहोस (कम्पुटर , फोन, पेनड्राइभ, सीडी, आदि बाट डिलिट गर्नुहोस )।

– कम्तिमा ३० मिनेट पढ्ने गर्नुहोस ।
आफुलाई मन पर्ने ज्ञानमुलक किताव ३० मिनेटको लागि सुत्नु अघि पढ्नुहोस । यसले तपाईंको मस्तिष्कलाई व्यस्त राख्न मद्दत गर्दछ। यसले दिमागको अवचेतन अवस्थामा यौनको बारेमा विचारहरूआउन बाट प्रतिबन्ध गर्न मद्दत गर्दछ। अथवा पढ्ने बानी छैन भने motivational भिडियोहरू हेर्नसक्नु हुन्छ ।

– मनलाई स्थिर राख्नुहोस ।
यदि तपाइमा पोर्न साइटहरुको लत लागिसकेको छ या लामो समय देखि दिमागमा यौन बिचारहरुले राज गरेको छ भने पहिलो १/२ महिना यी कुराहरु रोक्न खोज्नु निकै मुस्किल हुन सक्छन । तपाईले दैनिक प्रयासबाट अश्लील बिचार र सामग्री छोड्ने आफ्नो मनस्थितिलाई बलियो बनाउन जरुरी हुन्छ । यदि १/२ महिनाको लागि तपाइले आफ्नो अठोट कायम राख्न सक्नु भयो भने त्यसको 6 महिना पछि बिस्तारै यस्ता बिचारहरु कम हुदै जान्छन् । यदि तपाईं कम्तिमा एक बर्ष पोर्न नहेर्नमा सफल हुनुभयो भने तपाईं यी घातक यौन बिचारको लत छोड्नको लागि सहि बाटोमा हुनुहुन्छ भन्न सकिन्छ ।

-सुमित नेपाली

यो पनि पढ्नुहोस् ….

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button