शिक्षा स्वास्थसमाचार

एआई टुलको प्रयोग गरि तपाईको तस्बिरको दुरुपयोग गर्यो भने के गर्ने ?

Fake Photo!

Gobal IME Bank

काठमाडौँ। केही वर्षयता आर्टिफिसियल इन्टेलिजेन्स (AI) मा तिब्र गतिमा विकास भई रहेको छ । एआईले अहिले विभिन्न इन्डस्ट्रिमा होस्टको रुपमा काम गर्न थालेको छ । विभिन्न काम जस्तै फाइन्यान्स, स्वास्थ्य क्षेत्र र टन्सपोर्टेुनमा पनि यसको प्रयोग भई रहेकोे छ तर एआई टुलको दुरुपयोग हुने खतरा पनि उत्तिक्कै छ । एआई धेरै कुराहरु प्राप्त गर्न सकिन्छ तर यो हाम्रो लागि खतरनाक पनि हुन सक्छ। एआई टुल प्रयोग गरि डिपफेक्स तस्बिर वा भिडियो सजिलै बनाउन सक्छ जसको कारण साधारण मानिसको जिवन जोखिमपुर्ण हुन सक्छ ।

के हो डिपफेक्स ?
डिपफेक्सको शिकार धेरै हलिवुड कलाकारहरु हुने गरेका छन् । कुनै पनि मानिसको तस्बिर उक्त व्यक्तिको  अनुमति बिना अरु तस्बिर वा भिडियो प्रयोग गरि गलत जानकारीको लागि प्रयोग गर्नुलाई डिपफेक्स भनिन्छ । यसरी अरुको तस्बिरको दुरुपयोग गरि पोर्नोग्रफीका लागि प्रयोग गर्ने कार्य अहिले बढ्दै गएको छ । झन् एआई टुलका कारण यो कार्यमा सहजता मिल्न थालेको अपराधिहरुलाई । यसरी तस्बिरको दुरुपयोग भई रहेको कारण सोसल मिडिया प्लेटफर्म जस्तै ट्विटर, रेडिटले यो टेक्नोलोजीको प्रयोग आफ्नो प्लेटफर्ममा गर्न ब्यान गरेको छ । तर तस्बिरको दुरुपयोग अहिले डरलाग्दो रुपमा बढि रहेको छ ।

यदि कसैले एआईको प्रयोग गरि तपाईको तस्बिरलाई एडिट गरि दुरुपयोग गरिरहेको छ भने के गर्ने ?
यदि कसैले तपाईको तस्बिरको दुरुपयोग गरिरहेको थाहा पाउनु भयो भने तुरुन्तै साइबर सिक्युरिटि टिमलाई खबर गनु आवश्यक छ । तस्बिरको गलत प्रयोजनका लागि प्रयोग गर्ने उक्त अपराधिलाई कानुनी कारवाही गर्नु पर्छ ।

तपाईले स्टप नन कन्सेन्सुअल इन्टिमेट इमेज अब्युज https://stopncii.org/about-us/ संस्थाले आफ्नो ओरिजनल फोटो र एडिट गरेको फोटो  पठाउनुहोस्  । फोटो पठाई सके पछि यो  संस्थाले तपाईको एडिट गरेको फोटो इन्टरनेटको सबै प्लेटपफर्मबाट हटाई दिन्छ । यसका लागि तपाइले स्टपएनसिआइआइ सँग कुराकानि पनि गर्नु पर्दैन र यो संस्थाले तपाईको परिचय पनि गोप्य राख्छ ।

के हो स्टपएनसिआइआइ (Stop NCII) ?
स्टप नन कन्सेन्सुअल इन्टिमेट इमेज अब्युज संस्था रेभेन्ज पोर्न हेल्पलाईनले सञ्चालन गरेको संस्था हो । रेभेन्ज पोर्न हेल्पलाईन संस्था एसडब्लुजिएफएल संस्थाको एक हिस्सा हो । एसडब्लुजिएफएल (SWGfl)  च्यारिटि संस्था हो जसले सबै मानिसले टेक्नोलाजिको प्रयोग गर्न पाउनु पर्छ बिना अरुलाई हानी पुर्र्याई भन्ने कुरामा विश्वास गर्छ ।

स्टपएनआइआइ रेभेन्ज पोर्न हेल्पलाइनद्वारा संचालित एक प्रोजेक्ट हो जसले अनुमति बिना पोर्नोग्राफिको लागि फोटो एडिट गरेको पिडितको फोटो इन्टरनेटबाट हटाउनका लागि मद्दत गर्छ ।  -Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button