Sunday , 6 December 2020

RSS

राष्ट्रपति समक्ष विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत-Goodnews24

काठमाडौं मंसिर १८- राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष थाइल्याण्ड, इजरायल, बङ्गलादेश र म्यान्माका राजदूतहरुले आज आ-आफ्नो ओहदाका प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ । नेपालका लागि थाइल्याण्डका राजदूत भोसिटा भोरासाफ, इजरायलका राजदूत हनान गोडेर गोल्डबर्गर, बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र म्यान्माका राजदूत सेन ओले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको हो । समारोहमा परराष्ट्रमन्त्री …

Read More »

नेपालगञ्ज विमानस्थललाई ‘हव एयरपोर्ट’ बनाउँछौँः मन्त्री भट्टराई-Goodnews24

राँझा मंसिर १७- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थललाई नेपालको ‘हव एयरपोर्ट’ को रुपमा विकास गरिने बताउनु भएको छ । नेपालगञ्ज विमानस्थलमा नवनिर्मित विस्तारित विमान पार्किङ क्षेत्रको हिजो उद्घाटन गर्दै उहाँले पछिल्ला दिनमा नेपालगञ्ज र विराटनगर विमानस्थललाई प्राथमिकतामा राखेको बताउनु भएको हो । “दुवै विमानस्थललाई भविष्यमा अन्तर्राष्ट्रिय विमानस्थलको हैसियतमा स्तरोन्नति गर्नुपर्छ भन्ने गुरुयोजना नेपाल सरकारले अघि बढाएको …

Read More »

वाग्मती सफाइ महाअभियानको ४००औँ हप्ता-Goodnews24

काठमाडौं मंसिर १७ – वाग्मती सफाइ महाअभियानको ४०० औँ हप्ताको कार्यक्रम कोरोना महामारीका कारण साना–साना समूहमा गरिने भएको छ । महाअभियानका मुख्य अभियानकर्मी एवं सरकारका पूर्व मुख्यसचिव, पूर्वराजदूत लीलामणि पौड्यालले समितिको सहकार्यमा ४०० औँ हप्ताको कार्यक्रम विशेष बनाउन आग्रह गर्नु भएको छ। विषम परिस्थितिले ठूलो समूहमा सरसफाइ कार्यक्रम हुन नसके पनि वाग्मती सफाइ अभियानलाई निरन्तरता दिँदै समूह नेता बनाई परिचालन …

Read More »

ट्राफिक लाइट बेवास्ता गर्नेले पनि कक्षा लिनुपर्ने-GoodNews24

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिने भएको छ । जसमा अब भर्च्युअल बिधीबाट कक्षा लिइने भएको छ । महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराई भन्छन्, ‘लामो समयको लकडाउन र कोरोना …

Read More »

सचिवालय बैठकमै मनाइयो बिष्णु अर्थमन्त्री पौडेलको जन्मदिन -GoodNews24

बालुवाटारमा  सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक जारी छ।  दुई अध्यक्षको टक्करबाजीमा छलफल हुने क्रममा  बैठक  उत्सवद्वारा सुरु भयो  ।   बैठक सुरूअघि बालुवाटारमा अर्थमन्त्री तथा नेकपा महासचिव  बिष्णु पौडेललेको जन्मदिनको केक काटिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै पौडेलको बर्थ डे मनाउन केक मगाएका थिए।   महासचिव पौडेललाई प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केक खुवाएको फोटो …

Read More »

मेयर फोरमको निर्णयपछि मात्र ललितपुरमा विद्यालय खोलिने-Goodnews24

ललितपुर मंसिर १६- ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो । जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर …

Read More »

दरबार हाइस्कूलमा सिटी लाइब्रेरी सञ्चालन गर्ने-Goodnews24

काठमाडौं-मंसिर १६- काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूल हाताभित्र सिटी लाइब्रेरी सञ्चालनमा ल्याउने भएको छ । कामपाले नवनिर्मित हाइस्कूलमा पुस्तकालय सञ्चालनमा ल्याउनका लागि आवश्यक तयारी गरिरहेको छ । त्यसका लागि कामपाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको छ । उक्त पुस्तकालय सबै किसिमका पुस्तकको व्यवस्थापन गरिएको आकर्षक र आधुनिक किसिमको हुने कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले बताउनु भएको …

Read More »

अब के हुन्छ प्रचण्डको राजनीति ? -GoodNews24

काठमाडौं  । नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले गत कात्तिक २८ गते प्रस्तावका रूपमा १९ पृष्ठको दस्ताबेज प्रस्तुत गरे । जसमा प्रधानमन्त्री ओलीका बिरुद्धमा खनिएको भन्दै प्रधानमन्त्री ओलीले जवाफी प्रतिवाद गर्दै शनिबार सचिवालय बैठकमा ३८ पृष्ठ लामो दस्ताबेज प्रस्तुत गरेका छन । यस पश्चात अध्यक्ष द्वय वार कि पार अवस्थामा पुगेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले दहाललाई पार्टी एकता हुनुभन्दा अघिका …

Read More »

चिनिया रक्षा मन्त्रीको नेपाल भ्रमणमा-GoodNews24

काठमाडौं । नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसरमा चीनका रक्षामन्त्री वेई फेङ्हे आउन लागेका आउँदै छन । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्ति जारी गर्दै रक्षामन्त्री वेईले नेपालको एकदिने संक्षिप्त भ्रमण गर्ने सार्वजनिक गरेको थियो । रक्षामन्त्री वेईको आइतबार हुने भ्रमणले कोभिड–१९ का कारण रोकिएका कामहरूलाई फेरि गति दिने र दुई मुलुकबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने परराष्ट्र विज्ञ तथा परराष्ट्र मामिला …

Read More »

नाफा हेरेर बिदेशमा लगानी नगर्न प्रधानमन्त्रीको निर्देशन-GoodNews24

काठमाडौं,  १२ कार्तिक । प्रधान मन्त्री के पि शर्मा ओलीले नेपालका लागि लगानी गर्न र थोरै २-४ पैसा कमाइन्छ भन्दैमा बिदेशमा लगानी नगर्नका निम्ती सबै उद्द्यमी ब्यवसायीलाई निर्देशन दिनु भएको छ । नेपाल उध्योग बाणिज्य महासंघको ५४ वार्षिक साधारण सभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले भन्दा धेरै र महत्वपूर्ण काम निजी क्षेत्रले गरेको र राज्य र सरकार उद्द्यमी ब्यवसायीको पक्षमा रहेको …

Read More »
error:

Powered by Youth Circle