अन्यसफल कथासमाचार

एक्लै पहाड फोडेर गाउँमा बाटो पुर्याउने ७५ वर्षीय चन्द्रवीर- GoodNews24

Gobal IME Bank

७२ वर्षको उमेरमा चन्द्र बिरले एउटा अनौठो सपना देखे । गाउँघरका कतिपय बुज्रुक व्यक्तिले समेत हुनै नसक्ने काम गर्न थाल्यो भन्दै खिसिट्युरी गर्न थाले । तर उनी एक्लैले आँट गरेर बाटो खन्न थाले । बिहान ४ बजे उठेर बाटो खन्न जानुहुन्थ्यो र आँखा देखुन्जेल खन्थे । दाङ्गको तुलसीपुरदेखि सात किलोमिटर पर जंगलको छेउमा चन्द्र बीर ओलीको घर छ । तुलसीपुर नगरपालिका भित्रै पर्ने चन्द्र बीरको घर भएको ठाउँ साततल्ले खमारिको नामले चिनिन्छ । चन्द्र बीरका ११ जनाको परिवारमा नौ जनाले जन्मजात नै आँखा देख्दैनन । जंगलमा घर भएकै कारण उकाली ओराली गर्दा चन्द्रबीर बाहेक अरू जम्मै सदस्यले बाटोका बुट्यान समाउदै हिड्ने गर्छन ।  सधै अाफ्ना जम्मै परिवारलाइ दुःख दिने ती भिरहरुलाइ भत्काएर आँगन सम्म पुग्ने एउटा बाटो खन्ने । देखेको सपनालाइ पुरा गर्न चन्द्र बिरले कम्मर कसे । पुष माघको मुटु कमाउने जाडो कट्यो ,उनले बाटो खनिरहे । बैशाख जेठको चर्को घाममा पसिना पुछिरहे बाटो खनी नै रहे । असार साउनको झरी पनि भनेनन् । चाड पर्व आओस या भोक तिर्खा लागोस कुनै कुराको ख्याल नराखी आफ्नो परीवारलाइ सजिलै घर आँगनमा पुर्रयाउने आशले उनले लगातार दुइ वर्ष एक्लै बाटो खने ।

उनले त्यो बाटो खन्दा धेरै दुःख पाएका छन् । बाटो खन्नको लागि आ फ्नै घरमा अाैजार भएको बताउने चन्द्र बिरले धेरै मेहेनत गरेर बाटोको ढुंगा माटो पन्छाए । उनले गाडि या मोटरसाइकल आउनेसम्म नभए पनि मान्छेसम्म हिड्न मिल्ने बाटो बनाउँछु भनेर बाटो खन्न लागि परेका थिए । सानैमा मुग्लान पसेका उनि ४० काटे पछिमात्र घर फर्किए र ४८ वर्षको उमेरमा उनले २० वर्षीय जन्मजात दृस्टी विहिनसंग विवाह गरे । उनले २०४८ सालमा मात्र ४० रुपैयाँमा विवाह गरेको बताउँछन ।
जन्मदै दृष्टि हराएकि उनको श्रीमती बिवाह नगरी माइतमा बस्दा धेरै दुःख पाएकी थिइन् । मनका धनि र अरूको दुःख बुज्ने चन्द्र बिरले दृष्टि बिहिन एक नारीप्रति माया साट्ने निधो गरे । उनको माया विवाहमा परिनत भयो । बिवाह पछि उनका ६ सन्तान जन्मिए तर दुर्भाग्यवस १ सन्तान वाहेक अरु पांच जना दृस्टी विहिन नै भए । पाँचौ सन्तान पनि दृस्टी विहिन नै भएपछी अब चन्द्र बिरले सन्तान नजन्माउने निधो गरे तर फेरी अर्को एउटा दृस्टी भएको सन्तान जन्मिन्छ कि भन्ने आशाले उनले छैटौ सन्तान जन्माए । छैटौ सन्तान भने आँखा देख्ने नै जन्म भयो । उनि आफ्ना पांच सन्तान दृस्टी विहिन भए पनि आफु खुशी भएको र उनीहरुको धेरै मायाँ भएको बताउँछन् । उनकी एक बुहारी र नाति पनि छन् तर स्वस्थ भएपनि आँखा देख्दैनन् ।

छ सन्तान जन्माउँदा उनि एक्लैले श्रीमती स्याहारे । उनि भित्र वाहिर गाइगोठ सबैकाम एक्लैले भ्याउछन् । आफ्ना सन्तान र श्रीमतीहरुको मायामा रमाउन बानी परिरहेका उनी परिवारको अनुहार हेरेर दिनभरको थकान र दुःख बिर्सन्छन । आफ्नो घर भीरमै टाँसीएको र वरपर छिमेकीको घर नभएकोले छिमेकीबाट साथ पाएनन् । गाउँलेहरूको साथ नपाए पनि आफ्नो परिवारलाइ माया गर्ने चन्द्रबीरले हिम्मत हारेनन् बाटो खन्न संधै लगि परे ।
उनका दृस्टी विहिन छोराले भन्छन् ,बुवाले बुढेसकालमा हाम्रो लागि गरेको दुःख देखेर आफैलाइ नरमाइलो लाग्छ । मैले काम गर्न सक्ने भए भने हामीलाइ वास्था गर्ने मेरा बुबालाई सुखले पाल्ने रहर छ।

बाटो बनाउँदा कसैको साथ सहयोग नपाएपनी बाटो बनिसके पछि आफुले बनाएको बाटोमा अरु हिडेको देख्दा खुशी लाग्ने बताउँछन् । बाटो खन्ने क्रममा उनि चिसोको कारण निमोनियाँको शिकार पनि भए । बच्चैदेखि दुःख झेल्दै आएका चन्द्र बीरले सुख कस्तो हुन्छ कहिल्यै थाहा पाएनन र आफ्नो जीवन दुःखमै गुज्रीए पनि आफु खुशी भएको उनी बताउछन् । परिवारको खुसीको लागि बाटो निर्माणामा लागि परेका चन्द्रबीरका हात खुट्टा नराम्रो संग चर्किएका छन् । यसैलाई नै उनि आफ्नो भाग्य सम्झिन्छन । बाटो बनाउने काम त सरकारको काम हो तपाइले किन गर्नु भयो ? भन्ने प्रश्नमा उनले जवाफ दिन्छन् “सरकारले देशाबरी बाटो बनाउँन सय दुइ सय वर्ष लगाउला त्यो बेलासम्म हामी बाच्दैनौ । आफ्नो लागि आफै काम गर्नु पर्छ” । उनको यो बिचार निकै सराहनीय छ । उनले बनाएको बाटो बाटै गाउँलेहरु मर्दा पर्दा हिड्ने गर्छन । अहिले उनको घरमाथिको उनले बनाएको बाटोमा अटो चल्दा चन्द्रबी दंग पर्छन । उनकी श्रीमती र छोराछोरीलाई भने शहरतिर गएर सजिलो ठाउँमा बस्ने रहर भए पनि चन्द्र बिरलाइ भने आफुले पसिना बगाएको आफ्नै घर आँगनमा रमाउने मन छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

भिडियो हेर्नुहोस् ।

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button