काठमाँडाै- भुगोल घिमिरेको आवाजमा आज फेरि बोलको गीत यूट्यूब मार्फत सार्वजनिक भएको छ। यो गीतको लिरिकल भिडियो ‘यात्री’ नामक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो। यो गीत उहाँले आफ्नै स्वर्गीय दिदिको यादमा तयार पार्नु भएको हो। गएको वर्ष भुगोल घिमिरेको दिदि स्वर्गीय रोजिना घिमिरेको असामायिक निधन भएको थियो। स्वर्गीय दिदिको सम्झनामा तयार पारिएको गीतमा शब्द, संगीत र निर्देशन पनि भुगोल घिमिरेकै रहेको छ। यो गीत ती सबै व्यक्तिहरूका लागि हो जसले आफ्नो विशेष कसैलाई गुमाएका छन् र उनीहरूको मीठो सम्झनाहरूमा हराइ रहेका छन्। गीतको हरेक शब्दले आफुले गुमाएको मानिसलार्इ धेरै याद गरिरहेको छु है भन्ने भाव दिदँछ। भुगोल घिमिरेले तयार पार्नु भएको यो गीत सुन्दा आफुले गुमाएको मानिसको यादमा जो कसैको आँखा रसाँउछ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]