समाचार
बेलायतमा भ्रमण वर्षको शुरुआत


बेलायतस्थित नेपाली दूतावासले नेपाल भ्रमण वर्ष शुरुआत गरेको छ । बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दूतावासमा आयोजित एक विशेष समारोहमा अभियानको औपचारिक शुरुआत गर्नुभएको हो । उहाँले बेलायतमा डेढ लाख नेपाली रहेका र प्रत्येकले एक विदेशी पर्यटन लैजान कोशिश गरे मात्रै पनि डेढ लाख पर्यटक नेपाल जाने बताउनुभयो ।