Grace Computer Jawalakhel
अन्यसमाचार

१९औँ एसियाड खेलकुदमा नेपालबाट २९ खेलमा २३४ खेलाडी सहभागी हुने

19th Asian Games 2023

काठमाडौँ। चीनमा आयोजना हुन लागेको एसियाली खेलकुद (एसियाड) मा नेपालबाट २३४ खेलाडीले सहभागिता जनाउने भएका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले चीनको हाङझावमा आयोजना हुने एसियाडमा २३४ खेलाडीले सहभागिता जनाउने जानकारी दिए।

हाङझावमा आउँदो सेप्टेम्बर २३ देखि अक्टोम्बर ८ सम्म १९ औँ एसियाड खेलकुद हुँदैछ। जसमा नेपाली खेलाडीहरुले २९ खेलमा सहभागिता जनाउने छन्। यो खेलकुदका लागि भनेर सरकारबाट २१ करोड रुपैयाँ राखेपलाई उपलब्ध भइसकेको छ। राखेपले यो खेलकुदको लागि २४ करोड रुपैयाँ माग गरेको थियो।

यसपटक एसियाडमा नेपालबाट पहिलोपटक महिला फुटबल, महिला भलिबल र रग्बीले पनि प्रतिस्पर्धा गर्दैछन्। भलिबलमा महिला र पुरुष दुबै टिमको सहभागिता भए पनि यो पटक पुरुष फुटबल भने सहभागी छैन।

क्रिकेटमा पनि नेपाली पुरुष टोलीले सहभागिता जनाउने भएको छ। कबड्डी, ह्याण्डबल र बास्केटबलमा महिला टोलीले सहभागिता जनाउने भएका छन्।

व्यक्तिगत खेलफर्त टेबुलटेनिसमा ६, कुस्तीमा ४, टेनिसमा ६, सुटिङमा २, महिला र्‍याफटिङ एन्ड क्यानोनिङमा १, गल्फमा ६, एथ्लेटिक्समा ८, ब्याडमिन्टनमा ८, पौडीमा ४, जुडोमा ८, ट्रायथलनमा ४, स्वासमा ६, बक्सिङमा १३, उसुमा १२, करोतेमा ८, तेक्वान्दोमा ११, आर्चरीमा ४, साइक्लिङमा २, फेन्सिङमा ६, भारोत्तोलनमा ४, डान्स स्पोट्र्समा १, इ–स्पोट्र्समा ५ जनाले सहभागिता जनाउने राखेप सदस्य सचिव घिसिङले जानकारी दिएका छन्।

समूह खेलतर्फ महिला फुटबलमा २२, महिला कबड्डीमा १२, महिला ह्याण्डबलमा १६, पुरुष रग्बीमा १२, पुरुष क्रिकेटमा १५, बास्केटबल महिला यु–२३ मा ४, महिला भलिबलमा १२ र पुरुष भलिबलमा १२ जनाले सहभागिता जनाउने भएका छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button