मुख्य समाचारसमाचार
नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा हटाउँदै महानगरपालिकाको डोजर – Good News24
काठमाडौं । नयाँबानेश्वर क्षेत्रका अनाधिकृत संरचनामा पनि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।
यसअघि महानगरपालिकाले भूमिगत पार्किङ र पफुटपाथ व्यापार हटाउने अभियान बानेश्वरबाटै सुरू गरेको थियो । आज पनि नयाँबानेश्वर क्षेत्रका सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो ।
महानगरपालिकाले यो महिनाभर नै अनधिकृत संरचना हटाउने अभियान चलाउँदै आएको छ ।