मुख्य समाचारसमाचार
डडेल्धुरामा देउवाको अग्रता कायमै, सागर ढकालको कति मत ?
काठमाडौं । डडेल्धुराको मतगणना भईरहेको छ ।
हालसम्मको मतपरिणाम अनुसार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा ११ हजार ५ सय ७४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
त्यसैगरी युवा स्वतन्त्र उम्मेदवार सागर ढकाल भने ६ हजार १ सय ५ मतसहित दास्रो स्थानमा हुनुहुन्छ ।
यता कर्ण मल्ल ३ हजार २ सय ९५ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । मल्ल काँग्रेस बिपीतर्फबाटका उम्मेदवार हुनुहुन्छ । यतिबेला धेरैको ध्यान डडेल्धुराको मतगणनामा अडिएको छ ।
युवा स्वतन्त्र उम्मेदवार सागर ढकाल र प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबिचको प्रतिस्पर्धा निकै नै रोचक ढङ्गबाट लिईएको छ ।