मनोरञ्जनसमाचार

दिपेन्द्र के खनाल निर्देशित चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक

Gobal IME Bank

३ पुस, काठमाडाैं । ‘पशुपति प्रसाद’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका निर्देशक दिपेन्द्र के खनालको छायाँकन, कथा, पटकथा तथा निर्देशन रहेको नेपाली कथानक चलचित्र ‘आमा’ को ट्रेलर सार्वजनिक गरिएको छ । आमा नाम दिएर पहिले नै चलचित्र बनिसकेको छ । वि सं २०२० सालमा बनेको पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिदै फेरी निर्माण गरिएको हो । दोस्रोपटक यस चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन् । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकारहरु मिथिला शर्मा र सुरक्षा पन्त मुख्य अभिनय देख्न सकिनेछ । सुरक्षा पन्तले कपाल मुण्डन गरेकी छिन् । ट्रेलरले हस्पिटलमा हुने व्यवहार र बिरामीले भोग्नु पर्ने समस्या समेत दर्शाउन खोजेको देखिन्छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका अन्य कलाकारको भूमिका रहनेछ । चलचित्र आगामी फाल्गुणको ९ गते रिलिज हुने भएको छ । तीन मिनेट ४८ सेकेण्डको ट्रेलरमा ‘आमा र छोरी’ बिचको सम्बन्ध र आमाको आफ्ना सन्तान प्रति प्रेमभाव प्रस्ट देखाएको छ ।

टेलर हेर्नुहोस् 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button