Grace Computer Jawalakhel
अन्यसमाचार

एएफसी कप छनोटमा मछिन्द्र विजयी, अर्को खेल मोहन बगानसँग

AFC Cup

काठमाडौँ। एएफसी कप छनोटको प्रारम्भिक चरणमा भुटानी क्लब पारो एफसीलाई हराउँदै मछिन्द्र एफसी प्रारम्भिक छनोटको दोश्रो चरणमा पुग्न सफल भएको छ ।

खेलको सातौँ मिनेटमा पछि परेको अवस्थालाई उल्टाउँदै खेलमा मछिन्द्र विजयी भएको छ ।

७औँ मिनेटमा पारोका काजुओ होम्माले गोल गरेका थिए तर त्यसको ५ मिनेटपछि विमल घर्ती मगरले बराबरी गोल फर्काए ।

एरिक विष्टको छोटो कर्नर पास र आयुष घलानको क्रसमा विमलले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि १५ ‍औं मिनेटमा घलानले पुन गोल गरेर मछिन्द्रलाई अग्रता दिलाएका थिए । विमलले पेनाल्टी क्षेत्र भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गरेका थिए ।

३९ मिनेटमा ओलावाले आफिजले गोल गरेपछि मछिन्द्रले ३ १ को अग्रता बनाएको थियो । ओमालाजा करिमको पासमा ओलावालेले गोल गरे र टिमलाई ३ १ को अग्रता दिलाए ।

७१औँ मिनेटमा पारोका लागि इभान अशान्तेले १ गोल थपे तर यो गोल जितका लागि पर्याप्त भएन ।

खेलको ८९ औँ मिनेट काजोउले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहारलाई विशाल श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए ।

विजेता मछिन्द्रले अब १६ अगष्टमा भारतको इन्डियन सुपर लिग खेल्ने मोहन बगानसँग कोलकातामा खेल खेल्ने छ ।

यो खेलको विजेताले बंगलादेशको ढाका अबहानी र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग अगष्ट २२ मा प्रतिश्पर्धा छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button