समाचारसूचना प्रविधि

एप्पलले स्क्रिन फोल्ड गर्न मिल्ने ल्यापटप ल्याउँदै

Apple Company's laptop

Gobal IME Bank

काठमाडौं। फोल्डेबल स्क्रिन भएको ल्यापटप उत्पादनमा एसुस कम्पनी अग्रस्थानमा छ । एसुसले बजारमा आफ्नो जेनबुक फोल्ड विस्तार गरिरहेको छ । भविष्यमा कम्पनीले फोल्डेबल स्क्रिन ल्यापटपको बजारमा एप्पलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।

हालै सार्वजनिक एक रिपोर्ट अनुसार एप्पलले फोल्डेबल स्क्रिन म्याकबुकमा काम गरिरहेको छ । यसका लागि कम्पनीले आपूर्तिकर्ताहरूसँग छलफल गर्न थालेको छ ।

यदि यो वास्तविकतामा परिणत भयो भने फोल्डेबल स्क्रिन ल्यापटपको सुस्त बजार उकासिने अनुमान गरिएको छ । यता सामसङ डिस्प्ले र एलजी डिस्प्लेले पनि ओएलईडी प्यानल उद्योगमा लगानी गरिरहेका छन् ।

एप्पलको फोल्डेबल स्क्रिन म्याकबुकको विशेष विवरण र सार्वजनिक मिति भने खुलाइएको छैन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button