गुड न्यूज 24मुख्य समाचारसमाचार

बैंकहरूले घटाए निक्षेपको ब्याजदर

Bank

Gobal IME Bank

काठमाडौँ। अधिकांश बैंकले कात्तिक १ गते देखि लागू हुने निक्षेपको ब्याजदर घटाएका छन् । हाल बजारमा अधिक तरलता भएका कारण बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् ।

कर्जाको तुलनामा निक्षेपको वृद्धिदर उच्च भएका कारण अहिले बैंकिङ प्रणालीमा अन्तरबैंक ब्याजदर २ प्रतिशत भन्दा तल घटेको छ । पछिल्लो समय सरकारले आन्तरिक ठूलो मात्रामा उठाइरहेको छ ।

कात्तिकमा चाडपर्वले गर्दा बैंकिङ कारोबार कम हुने समय भएकोले अधिकांश बैंकले निक्षेपको ब्याजदर घटाएका हुन् ।

भदौ र असोजमा अन्य बैंकको तुलनामा कम ब्याजदर भएको नेपाल एसबीआई बैंक र एनएमबि बैंकले सीडी रेसियोमा केही दबाब बढे पछि निक्षेपको ब्याजदर बढाउँदा एनआईसी एशिया बैंकले पनि कात्तिकमा निक्षेपको ब्याजदर सामान्य बढाएको छ ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चारवटा ४ वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् । माछपुच्छ्रे बैंकले साउनदेखि नै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर ९.९९ प्रतिशतलाई नै निरन्तरता दिएको छ ।

कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले ११.००३ प्रतिशत ब्याजदर दिने भएका छन् । असोजमा हिमालयन बैंकको ११.०५४ प्रतिशत ब्याजदर थियो भने एनआईसी एशिया बैंकको १०.८९६ प्रतिशत र एनएमबि बैंकको ९.९९ प्रतिशत ब्याजदर थियो ।

कात्तिकमा सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९.२२ प्रतिशत बयाजदर प्रस्ताव गरेको छ ।

असोजमा बैंकको ९.२९ प्रतिशत ब्याज थियो । त्यसै गरी सानिमा बैंकले ९.२२४ प्रतिशत, प्रभु बैंकले पनि ९.२२४ प्रतिशत, नेपाल बैंकको पनि ९.२२४ प्रतिशत र एभरेष्ट बैंकको पनि ९.२२४ प्रतिशत नै ब्याजदर प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई निक्षेपको ब्याजदर प्रकाशित गर्दा अघिल्लो महिनामा सोही वर्गका बैंकहरूले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

सोही अनुसार भदौमा वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिएको अधिकतम् ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशतले तलमाथि गर्न पाउने भएर बैंकहरूले सीमाभित्र रहेर ब्याजदर प्रकाशित गरेका हुन् । राष्ट्र बैंकले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदरभन्दा २ प्रतिशत बिन्दुले कम गर्नुपर्ने व्यवस्था गरेको छ ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम् ब्याजदर र बचतको न्यूनतम् ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढी हुन नहुने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बचतमा पनि अधिकतम् र न्यूनतम् ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी गर्न नपाइने व्यवस्था छ । तर, रेमिट्यान्स बचत तथा मुद्दतीमा भने व्यक्तिगतको तुलनामा न्यूनतम् १ प्रतिशत थप ब्याजदर दिनुपर्ने हुन्छ । कुल निक्षेपमा बचतको न्यूनतम् ब्याजदरको ५० प्रतिशतभन्दा बढी ब्याज दिन नपाउने व्यवस्था छ ।

सोही आधारमा बैंकहरूले निक्षेपको ब्याजदर प्रकाशित गर्ने गरेका छन् ।

बैंकहरूले आधार दर घटेपछि कर्जाको ब्याजदर पनि स्वतः घटाउनुपर्ने हुन्छ । अर्कोतर्फ, नेपाल राष्ट्र बैंकलेअसोज १८ मा एउटै प्रकृतिको कर्जाको ब्याजदरमा प्रिमियम २ प्रतिशत बिन्दुभन्दा बढीले अन्तर गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकपटक तोकेको प्रिमियम ऋणीको सहमतिबिना बढाउन नपाउने व्यवस्था गरेको छ । त्यसले गर्दा २ प्रतिशत बिन्दुको अन्तर कायम गर्न बढी प्रिमियम भएको कर्जाको प्रिमियम घटाउनुपर्ने दबाब छ । अर्कातर्फ ब्याजदर घटाएसँगै बैंकहरूको आधार ब्याजदर घट्दा स्वतः कर्जाको ब्याजदर पनि घट्ने भएकोले ऋणीलाई भने यसले फाइदा पुग्ने बैंकरहरू बताउँछन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button