मुख्य समाचारसमाचार

बन्द भाटभटेनी पार्क आजदेखि खुल्ला

Gobal IME Bank

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. ५ भाटभटेनी मन्दिर नजिकको बन्द पार्क आजदेखि खुल्ला गरिएको छ । ‘लामो सयमदेखि बन्द रहेको पार्क हामीले सर्बसाधारणलाई प्रवेश खुल्ला गरेका हौँ । यस क्रममा सरसफाइको काम भइरहेको छ ।’ वडा ५ का अध्यक्ष वीरेन्द्र प्रजापती भन्नुहुन्छ, ‘वडाभित्र भाटभटेनी र रुद्रमती गरी २ वटा पार्क निर्माण सम्पन्न भएका पार्क हुन् । हामी थप २ वटा पार्क निर्माण गर्ने योजनामा छौँ ।’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ७२ वटा पार्क छन् । यी पार्कहरु महानगरको लगानीमा केन्द्र र वडाको अगुवाईमा निर्माण भएका हुन् । केही पार्क निर्माणका लागि उपभोक्ताहरुलाई सहभागी गराइएको छ । सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार जम्मा पार्कमध्ये १८ वटा निर्माणाधीन छन् भने बाँकी निर्माण भइसकेका छन् । निर्माण सम्पन्न भएका पार्कहरु केही वडालाई हस्तान्तरण गरिसकिएको छ भने केही हस्तान्तरण चरणमा छन् ।

काठमाडौँ महानगरपालिकाले पार्क निर्माण तथा हरियाली प्रवर्धनका लागि ‘हरियाली प्रवर्धन तथा उद्यान विकास परियोजना’ सञ्चालनमा ल्याउन लागेको छ । गएको पुसमा सम्पन्न नगर सभाले यो संरचना स्वीकृत गरी कार्यान्वयनमा ल्याउन लागेको हो । परियोजनाका प्रमुख नमराज थापा भन्नुहुन्छ, ‘सहरलाई जीवन्त बनाउन दिगो हरियाली आवश्यक छ ।

यसका लागि रैथाने जातका विरुवा जोगाउँदै सबै महिना हरियो हुने, विभिन्न रङ्गका फूल फुल्ने विरुवा रोप्ने योजना छ । उद्यानहरुको दिगो व्यवस्थापन गरेर सबै उमेर समूहका व्यक्तिलाई रुची हुने तथा शारीरिक प्रतिकुल अवस्था भए पनि प्रवेश गर्न सक्ने खालका उद्यान बनाउँदैछौँ । यी उद्यानहरु आराम गर्ने तथा मनोरञ्जनका लागि योग्य हुनेछन् ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button