मनोरञ्जनसमाचार

अाज जन्मदिन मनाउँदै नाजिर हुसेन-GoodNews24

Gobal IME Bank

अभिनयमा अब्बल मानिने अभिनेता नाजिर हुसेन सोमवार आफ्नो जन्मदिन मनाउँदै हुनुहन्छ। २०४७ साल भाद्र २२ गते सिमरामा सामान्य परिवारमा जन्मिएका उहाँले सन् २०१५ मा आएको ‘होस्टेल रिर्टन्स’ बाट फिल्म करिअर सुरु गर्नु भएको थियो । यसमा उहाँले मधेशी युवकको भूमिकामा जीवन्त अभिनय गर्नु भएको थियो। यो फिल्मपछि उहाँले आफ्नो करिअरमा फर्केर हेर्नुपरेको छैन ।‘होस्टेल रिर्टन्स’ पछि उहाँले लिड अभिनेताको रुपमा ‘गाँठो’, ‘राज्जा रानी’, ‘कागजपत्र’ फिल्ममा काम गर्नु भएको थियो। तर, उहाँलाई दर्शकले हिरोको रुपमा स्वीकार गर्नु भएन । यसपछि सहायक चरित्रमा देखिँदै आएका उहाँको पछिल्लो रिलिज फिल्म ‘वीर विक्रम २’ हो । हरेक फिल्ममा उहाँको अभिनयको प्रशंसा हुने गरेको भएता पनि फिल्मले भने नाफाको व्यापार गर्न सकेका छैनन् ।

फिल्ममा आउनु भन्दा अगाडि उहाँले रंगमञ्चको दुनियाँमा आफ्नो अलग्गै पहिचान बनाइ सक्नु भएको थियो। रंगमञ्चबाट खारिएर आएका कारण फिल्ममा उहाँको अभिनय कलाको सधैं प्रशंसा हुने गरेको छ । आजकाल नाजिर फिल्म भन्दा म्यूजिक भिडियोतर्फ बढी आकर्षित हुनुहुन्छ। ‘माया बिरानी’, ‘कैले भेट्ने खै रु’, ‘यो कुरा गोप्य’ लगायतका गीत हिट भएपछि अहिले उहाँको म्यूजिक भिडियोमा ठूलो डिमान्ड छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button