मनोरञ्जनसमाचार

यस वर्ष विष्णु माझीले तीज गीत ल्याउलिन् ?

Teej Song

Gobal IME Bank

काठमाडौँ। विष्णु माझीको गीत नभए धेरैलाई तीज ‘खल्लो’ लाग्ने गर्छ। ‘चरी जेलैमा’ रिलिज हुने बित्तिक्कै सामाजिक सञ्जालमा यो गितको निकै चर्चा चलेको थियो । एक वर्ष जति भयो गायिका माझीले कुनै पनि गीत ल्याएकी छैनन् ।

यस वर्षको तीजमा विष्णुले गीत ल्याउँछिन् कि ल्याउँदिनन् भन्ने कुरामा धेरैको जिज्ञासा उत्तिकै छ । निकट स्रोतले पनि गीत ल्याउनेबारे केही जानकारी दिएको छैन तर फ्यानहरु विष्णुको गीतको पर्खाइमा छन् ।

माझीसँग ‘सालको पात टपरी’जस्ता ब्लकबस्टर गीतहरुमा सहकार्य गरेका कुलेन्द्र विश्वकर्मा विष्णुले तीज गीत ल्याउने कुरामा आफू आशावादी रहेको बताउँछन् । ‘मलाई लाग्छ, उहाँले गीत ल्याउनुहुन्छ,’ एक पडकास्टसँगको कुराकानीमा उनले भने, ‘दर्शक उहाँका गीतको पर्खाइमा छन् ।’

कुलेन्द्रले भनेजस्तै माझीले गीत ल्याउने कुरामा आशावादी हुन सकिन्छ । तर वर्षौंदेखि गुमनाम जीवन बाँचिरहेकी विष्णुका निकट संगीतकर्मीहरुले पनि माझीले गीतको तयारी गरिरहेको बताउँछन् । जसले गर्दा यस वर्षको तीजमा विष्णु माझीको आवाज दर्शकले सुन्न पाउन सक्छन् ।लामो समयदेखि गीत नआएको कारण उनका फ्यानहरु अझै ढुक्क हुन सकिरहेका छैनन् ।

उनीहरुको भनाइ छ, ‘विष्णुले बाहिरका गीत गाउँदिनन् । तीज गीत उनको सिग्नेचर ब्राण्ड समेत हो । यसकारण तीजमा पनि विष्णुको गीत आउने आशा राख्न सकिन्छ ।’

माझीका समकालीन समेत रहेका गायक विश्वकर्मा विगतमा विष्णुसँग सहकार्य गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छन् । अमेरिका, युरोपबाट बीसौं लाखसम्मको अफर माझीलाई आउने गरेको प्रसंग उनले सुनाए । ‘मसँग उहाँ होइन, उहाँसँग म पछि पछि हिडेर कार्यक्रम गर्न सके कति राम्रो हुन्थ्यो । अमेरिकामा एउटा स्टेज शोका लागि २० लाखसम्मको अफर पनि आएको थियो उहाँको लागि,’ कुलेन्द्रले सम्झिए ।

लालुमै, बोकेझार, छिपछिपे पानीमा लेउ, चरी जेलैमा जस्ता उनका गीतलाई करोडभन्दा बढी पटक हेरिएको छ । साथै, तीजमा सर्वाधिक भाग ल्याउने गायिका पनि विष्णु भाझी हुन् । उनले ‘पुतलीको भट्टी’को भाग १८ सम्म ल्याएकी छन् । उनको तीज गीतमा राजेश हमालदेखि दीपाश्री निरौलासम्मले नाचिसकेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button