समाचार

उप्रेतीको ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित-Goodnews24

Gobal IME Bank

काठमाडौँ- नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नयाँ नियात्रा कृति ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक उप्रेतीको तेह्रौँ कृति हो ।

कविता लेखनबाट साहित्ययात्रा आरम्भ गरेका साहित्यकार उप्रेतीका यसअघि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दश दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा) र ‘चक्रव्यूह’ (कविता) लगायत १२ कृति प्रकाशित छन् ।

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्रा कृतिभित्र नियात्राकार उप्रेतीले विसं २०६६ मा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूति समेटिएका छन् । जम्मा २० शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिवृत्त उतारेका छन्।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button