मुख्य समाचारसमाचार

नागरिकता विधेयक प्रमाणीकरण मुद्दाः अग्राधिकार सहित कारण देखाउ आदेश जारी – Good News 24

Gobal IME Bank

काठमाडौँ । सर्वोच्च अदालतले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भनी राष्ट्रपति कार्यालय विरुद्ध परेको रिटमा अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो । रिट न्यायाधीश हरि फुँयालको इजलासमा परेको थियो ।

नागरिकता विधेयक १५ दिन बित्दा समेत प्रमाणीकरण नगरेर निष्क्रिय बनाएको भन्दै सर्वोच्च अदालतमा अधिवक्ताहरु सुनिलरञ्जन सिंह सागर बराल, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले छुट्टा छुट्टै रिट दायर गरेका थिए ।

सबै निवेदन एकसाथ पेशीमा राखिएको छ ।

संघीय संसदबाट पारित गरी २०७९ भदौ २० मा नागरिकता विधेयकलाई दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय शितल निवासमा पठाएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button