समाचार

कोरोना परीक्षणको शुल्क पुनः घट्यो-GoodNews24

Gobal IME Bank

काठमाडौं । ललितपुरको कुपण्डोलमा रहेको बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर गर्दै परीक्षणको दायरा बढाउनपर्ने अवस्थालाई मध्यनजर गर्दै परीक्षण शुल्क घटाइएको हो । उनका अनुसार यो योजना अहिलेलाई ३० दिनका लागि मान्य हुनेगरी शुल्क घटाइएको हो । सरकार र जनस्तरबाट आएको प्रतिक्रियाबाट समन्वय गरेर आवश्यक परेको खण्डमा ३० दिनपछि पुनः शुल्क बारे सोच्न सकिने उहाँको भनाइ छ।

सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै ल्याबले ध्वस्त हुँदै गएको अर्थतन्त्रलाई पनि ध्यान दिनेगरि कम शुल्कमा धेरै परीक्षण गराउन आफूहरु लागि परेको बताउनु भएको छ। साथै, वैदेशिक रोजगारीमा जानेहरुका लागि अझै १ सय छुट गरिएको बिधले जनाएको छ । संचालक भण्डारीका अनुसार दुःख पाएर विदेश जानपर्ने अवस्था भएर रोजगारीको शिलशिलामा जानेहरुका लागि १९ सय रुपैंयामा नै कोरोना परीक्षण गराइनेछ । गत १३ साउनमा सरकारबाट मान्यता लिएर कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले यसअघि पनि सरकारले तोकेको भन्दा सस्तोमा परीक्षण गराउँदै आएको थियो । ल्याबले दैनिक ४ हजार भन्दा बढी कोभिड परीक्षण गर्न सकछ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button