अन्यसमाचार

भोलिबाट अग्रिम टिकट बुकिङ खुल्ने, दशैँ र तिहारमा सार्वजनिक यातायातको भाडा नबढ्ने

Yatayat

Gobal IME Bank

काठमाडौँ। यातायात व्यवसायी यसपटक दशैँ, तिहारको समयमा भाडा वृद्धि गर्ने मागबाट पछि हटेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तालापमा जारी ११ बुँदे समझदारीमा अग्रिम टिकट बुकिङ र रुट पर्मिट खुल्ला गर्ने मिति नै उल्लेख गरिएको भए पनि भाडा वृद्धि गर्ने मुद्दा थाती राखिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष बिजय स्वाँरले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने सहमति भए पनि भाडा वृद्धिको विषयमा चाडपर्वपछि कमिटि गठन गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

‘चाडपर्वको मुखमा भाडा वृद्धिको निर्णयले गलत सन्देश जाने र यातायात क्षेत्र प्रभावित हुने भएकाले यो विषयलाई तत्काल स्थिगित गरिएको हो । चाडपर्वमा यातायात व्यवसायीको काम यात्रुलाई सहज तरिकाबाट गन्तव्यसम्म लैजाने हो । त्यस कारण भाडा बढाउने कुरा थाती राखिएको छ ।’ उनले भने ।

यसअघि यातायात व्यवसायीले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि नभएसम्म दशैँको लागि अग्रिम टिकट बुकिङ नखोल्ने बताएका थिए । मन्त्रालयमा भएको छलफलपछि उनीहरु भाडा वृद्धिको मागबाट पछि हटेका हुन् । सहमति अनुसार असोज २८ गतेबाट देशभर रुट पर्मिट खुल्ला गरिनेछ । यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा जतिसक्दो अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने प्रतिवद्धता गरेका छन् ।

अनधिकृत काउन्टर, परिचय पत्र, पेशाक नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः नियन्त्रण गर्ने यातायात व्यवस्थाल विभाग र व्यवसायीको तयारी रहेको छ । अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधन २०८० साल असोज २८ गतेदेखि कार्तिक ०८ गतेसम्म नारायणघाटदेखि काठमाडौँसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय बैठकले गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button