मनोरञ्जनसमाचार

गायक तथा संगीतकार देवेन्द्र बब्लुको नयाँ सांगीतिक कोसेली ‘परान’ सार्वजनिक (भिडियोसहित)

Gobal IME Bank

काठमाडौं । गायक तथा संगीतकार देवेन्द्र बब्लुको नयाँ सांगीतिक कोसेली ‘परान’ सार्वजनिक भएको छ । लोक मेलोडी विद्यामा आधारित रहेको गीतको शब्द तथा संगीत देवेन्द्रको बब्लुको नै रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा देवेन्द्र बब्ल एण्ड प्रत्यक्ष ब्याण्ड फिचर छन् भने ड्रममा सुसिल माली, फ्लुटमा अमल माली, लिड गितारमा राजिव महर्जन, गितारमा सुजन माली, मादलमा समिर महर्जन, सारङ्गीमा प्रिन्स नेपाली र ब्यास गितारमा अमित माली हुनुहुन्छ । त्यस्तै संगीत व्यवस्थापनमा हरि महर्जन हुनुहुन्छ भने संगीत सल्लाहकारमा विकास लामा हुनुहुन्छ। उक्त भिडियोको सिनेमेटोग्राफर भने गायक देवेन्द्र बब्लकै भाई सुनिल बिक हुनुहुन्छ ।

आज भर्खरै रिलिज भएको गीतबारे गायक तथा संगीतकार देवेन्द्र बब्लुले गितले बोले जस्तो गीत अनुसारको कुनै भिडियो नगरेको र गीत मात्रै तयार गरिएको पनि बताउनुभएको छ ।

उहाँले- ‘गीत मज्जाले सुन्नु मन नपरे पनि पटक पटक सुन्नु कहिले शब्द सुन्नु , कहिले स्वर सुन्नु , कहिले संगीत सुन्नु , कहिले बाजा सुन्नु सुन्दै जानु सुन्दै गए पछि कुनै न कुनै एक चिजले पकै पनि तपाईलाई कुनै एक कल्पना या कुनै यथार्थमा पुर्याउछ अनि आफ्नै अनुसारको भिडियो कल्पना गर्नु तपाईलाई थप मज्जा आउछ ! अनि भन्नु है हजुरको दिमागमा कस्तो चित्र आउँछ । या केही आउदै छ !! भन्नुभएको छ ।

गायक तथा संगीतकार देवेन्द्र बब्लुका पछिल्ला समयका गीतहरु दर्शक श्रोतामाझमा निकै लोकप्रिय रहेका छन् । उहाँले म हाँसे हाँस्छौ र ? , मनमाया, भेटै हुन्न कि ?, म त पर्खेको पर्खै छु, र दिल दुखो जस्ता निकै राम्रा सांगीतिक कोसेलीहरु नेपाली दर्शक श्रोताहरुको लागि दिईसक्नुभएको छ ।

भिडियो हेर्नुहोस्:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button