देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२-GoodNews24
काठमाडाैँ- आज ९ सय ७२ जना कोरोना संक्रमित उपचार पछि निको भएर डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ३६ हजार ६ सय ७२ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनु भएको छ। १७० आइसियुमा र भेन्टिलेटरमा २५ जना संक्रमितले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ। यस्तै कोरोना संक्रमित भई होम आइसोलेसनमा रहनेको संख्या ६ हजार ६ सय ३४ रहेको छ भने क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ६ सय ७८ रहेको डा गौतमले बताउनु भएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ।
यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″]
[irp posts=”3558″]
[irp posts=”3605″]
[irp posts=”6152″]
[irp posts=”6192″]
[irp posts=”6588″]