प्रभावकारी बन्दै ब्रुमर र पुर्वाधार एम्बुलेन्स -GoodNews24

काठमाडौं ०२ जेठ । काठमाडौंमा यतिबेला पुर्वाधार एम्बुलेन्स प्रभावकारी बन्दै गएको छ । कहि कतै खाल्डो भए पुर्वाधार एम्बुलेन्सले पुर्ने र बनाउने काम गर्छ, यसरी समयमा नै पुगेर खाल्डाहरु पुर्ने काम गर्दै आएको पुर्वाधार एम्बुलेन्स प्रभावकारी बनेको हो । काठमाण्डौका कतिपय खाल्डाहरु पुरिएका छन । जसले यतायात र हिडडुलमा सहज बनाएको छ । त्यसै गरी सफा गर्नका लागि ब्रुमरको पनि पुन प्रयोग हुन थालेका छन । मर्मत गर्नु पर्ने अवस्थामा रहेका कतिपय ब्रुमरहरु पनि मर्मत गरिएका छन र चलाउन थालइका छन । त्यसै गरी बिहिबार देखी सबै ब्रुमरहरु चल्ने मेयर साहले बताएका छन । महानगरले खाल्डो पुर्ने मात्र नभएर अन्य भत्किएका र बिग्रिएका संरचनाहरुलाई पनि बनाउन थालिएको छ । यससंगै मेयर साह फोहोर व्यवस्थापनमा बन्चरेडाँडामा भएको अवरोध हटेसँगै काठमाडौं महानगरपालिकाका चुनावी प्रतिवद्धतापत्रका घोषणाहरुमा केन्द्रित हुन थालेका छन ।