गुड न्यूज 24मुख्य समाचारसमाचार

सदनमा दम्पती !

Gobal IME Bank

धनुषा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भईरहँदा विभिन्न पार्टी र स्वतन्त्र रुपमा चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरुको लहर पनि रोचक नै देखियो । धेरै पुराना अनुहारहरु यो चुनावमा बाहिरिँदै गर्दा धेरै नयाँ अनुहारहरु पनि यसपाली सदनमा देखिने पक्का भएको छ । चुनावी माहोल गाउँघरदेखि शहरी क्षेत्रसम्मै बडो उत्साहको साथ भईरहेको छ । त्यसो त धेरै परिचित अनुहारहरु पनि यसपाली चुनावी प्रतिस्पर्धामा उत्रिएनन् । जे होस् चुनावी सगर्मी यो मंसिर महिनामा राम्रैसंग लागेको भान हुन्छ ।

प्रत्यक्ष र समानुपातीकतर्फको मतपरिणाम आउनेक्रम जारी नै छ । निर्वाचन आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको कूल ९६ लाख दुई हजार पाँच सय ७६ मतगणना भईसकेको छ । चुनावी नतिजाहरुले कयौं उम्मेदवारहरु नैराश्यतामा छन् त कयौं खुसीको उन्मादमा । अब कुरा गरौं खुसीको । शहरी क्षेत्रका चुनावी माहोललाई एकछिन थाँती राखेर कुरा गरौं तराई क्षेत्रको । चुनावी दिनहरुमा तराई क्षेत्रमा पनि निकै उत्साह देखिन्छ । आफ्ना मतको मुल्यलाई कतिले कसरी मुल्याङ्कन र सदुपयोग गर्छ त्यो त व्यक्तिपरक नै हुन जान्छ ।

कुरा गरौं, धनुषा निर्वाचन क्षेत्र नं ३ र ४ को । धनुषा निर्वाचन क्षेत्र नं ३ को अन्तिम मतपरिणाम मंसिर ९ गते अयो । क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी जुली कुमारी महतो निर्वाचित हुनुभयो । उहाँले भारी मतान्तरसहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिल झालाई पराजित गर्दै जीत हाँसिल गर्नुभयो । (लोसपा) का अनिल झा र उहाँबिच मतान्तर रहेको थियो जम्मा ९ हजार ६ सय ६९ । हुन त ०७४ मा यस क्षेत्रबाट लोसपाका राजेन्द्र महतो विजयी भएका थिए । तर यसपाली भने राजेन्द्र महतो सर्लाहीबाट चुनाव लड्नेभएपछि झा ले यस क्षेत्र रोजेका थिए । तर नतिजा भने एमालेकी जुली कुमारी महतोतर्फ रह्यो ।

अब लागौ धनुषा कै क्षेत्र नं ४ तर्फ । धनुषा निर्वाचन क्षेत्र नं ४ को अन्तिम मतपरिणाम अनुसार यस क्षेत्रमा नेकपा (एमाले)का रघुवीर महासेठ विजयी हुनुभएको छ । आज भर्खरै आएको अन्तिम मतपरिणाम अनुसार महासेठले ३२ हजार दुई सय ३६ मतप्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका महेन्द्र यादवलाई जम्मा एक सय २४ मतले पछि पार्नुभएको हो । यता यादवले भने ३२ हजार एक सय १२ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

अब यस दुई (धनुषा क्षत्रे नं ३ र ४) मा समानताको कुरो कहाँनिर आउँछ भने, धनुषा क्षेत्र नं ३ र ४ मा विजयी हुनुभएको जुली कुमारी महतो (क्षेत्र नं ३) र रघुवीर महासेठ (क्षेत्र नं ४) दुबैजाना श्रीमान/श्रीमती हुनुहुन्छ । त्यसो त अब उहाँहरुको यस जीतलाई हामी जनताले सकारात्मक रुपमा लिने हो भने एउटै छानोका एउटै भान्छा प्रयोग गर्ने त्यसमाथी पनि श्रीमान/श्रीमती । यस जीतको खुसीको बयान गर्ने सायदै कुनै शब्द होला । श्रीमान/श्रीमतीको जीतले एउटा परिवारभित्र त खुसीको वातावरण सृजना पक्कै भयो नै होला तर अब जनताको विश्वास र भरोषालाई सदनमा गएर कसरी निभाउनुहुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

हरेक प्रतिस्पर्धाको आफ्नो धुव्र सत्य गुण हुन्छ त्यो हो हार र जीत , तर जीत हाँसिल गर्नेहरुका लागि भने वास्तवमै त्यो निकै गर्भिलो क्षण हुन्छ ।

संघिय संसदमा यसपटक निकै रोचक र उत्साहजनक परिदृश्यहरु नेपाली आम जनताले देख्न पाउनेछन् । पुराना सांसदहरुका अनुहार संगै केही नयाँ युवापुस्ताका सांसदहरुको पनि । राष्ट्रिय तथा मुख्य दलहरुको बाक्लो सांसदहरुको उपस्थितीका बिच नयाँ दल र दलका सांसदहरुको उपस्थितीले के कस्तो फरक दृश्यहरुको उजागर गर्नेछ त्यो भने संसद सुचारुपछि नै जनताले हेर्न र सुन्न पाउनेछन् ।

– सामुयल क्यापछाकी     

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button