अन्यसमाचार

पाँच करोड बिरुवा रोपिने शहरी क्षेत्रमा -GoodNews24

Gobal IME Bank

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) र नेपाल इन्स्टिच्युट फर अर्बन एण्ड रिजनल स्टडिज (निअर्स) ले मुलुकका शहरी क्षेत्रमा हरियाली प्रवद्र्धन र व्यवस्थापन गर्ने योजना अघि बढाएका छन् । मुलुकभर बढ्दै गएको सहरीकरण र यसले वातावरणमा पारेका प्रभाव न्यूनीकरण गर्न यी दुई निकायले सो विषयमा आधारित पुस्तिका र भिडियो तयार गरी काम अघि बढाउने भएका हुन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशका खाली स्थानमा हरियाली प्रवद्र्धन गर्ने खालका पाँच करोड बिरुवा रोप्ने योजना बनाएको जानकारी दिनुभयो । सहरका खाली स्थान तथा नदी जन्य क्षेत्र र राजमार्ग छेउछाउमा बिरुवा रोपिने बताउँदै उहाँँले यसबाट सहरी क्षेत्रमा हाल अत्यधिक वायु प्रदूषण क मगर्न हरियाली कायम राख्न सकिनेछ भन्नुभयो ।

नाष्टका उपकुलपति सुनीलबाबु श्रेष्ठले हरियाली प्रवद्र्धनका साथै खाद्य सुरक्षाको सुनिश्चितताका लागि वृक्ष्रोपणको अभियान थालनी गरिएको बताउनुभयो । वनस्पति विभागका उपनिर्देशक मोहनदेव जोशीले शहरी क्षेत्रमा हरियाली प्रवद्र्धन गर्नका लागि बढी अक्सिजन प्रवाह गर्ने बोटबिरुवा रोप्नुपर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय वनस्पति उद्यान गोदावरीका अधिकृत दीपक लामिछाने तथा निअर्सका बोर्ड सदस्यद्वय पशुपतिनाथ कोइराला र किशोर थापाले पनि वृक्षरोपण अभियानको बारेमा बोल्नु भएको थियो । कार्यक्रममा मुलुकमा वनजङ्गल मासिँदै जाँदा हुने खतरा, आवश्यक भन्दा बढी सवारीसाधन भित्रिदा सडकमा भएको जाम र धुँवाधुलो, उपत्यकामा रहेका देशको आदि जनसङ्ख्या, कौशीखेती विस्तार र यसबाट हुने फाइदा, मुलुकमा अर्थतन्त्र बढाउने र औषधिका लागि प्रयोग हुने रैथाने बोटबिरुवाको बढवा, जलाधार संरक्षण र माटोको अध्ययन गरिनुपर्ने आदि विषयमा चर्चा भएको थियो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button