मनोरञ्जनसमाचार

गोहीले ढुंगा निल्ने गर्छ: Fun Facts

Crocodile eats stone!

Gobal IME Bank

गोहीले ढुंगा निल्ने गर्छ
शीर्षक पढ्दा अवश्य पनि आश्चर्य लाग्न सक्छ । गोहीले पनि कतै पेटमा ढुंगा बोकेको हुन्छ र यो कुरा शतप्रतिशत साँचो हो । एउटा वयस्क गोहीले आफ्नो पेट (आमाशय) मा आफ्नो शरीरको तौलको एक प्रतिशत जति ढुंगा बोकेको हुन्छ ।

त्यसरी गोहीले पेटमा ढुंगा बोक्नुको कारण चाहिँ के होला त ?
वास्तवमा, त्यो ढुंगाले गोहीलाई खाना पचाउन मद्दत गर्छ । गोहीको आमाशयमा दुईवटा खण्ड हुन्छन् । ठूलो खण्डमा चाहिँ अत्यन्तै मसिना स–साना चिल्ला ढुंगाहरु ९एभददभिक० रहेका हुन्छन् ।

जब गोहीले खानेकुरा खान्छ, यसले आफ्नो तीखो दाँतले शिकारलाई निल्छ । रमाइलो कुरा के छ भने गोहीले शिकारलाई निल्न त सक्छ तर चपाउन भने सक्दैन । अर्थात् गोहीले आफ्ना शिकारलाई नचपाइकन नै निल्ने गर्छ । त्यसरी निलेको चोक्टा आमाशयमा पुगेपछि त्यहाँ पाचन रसहरुले त्यसलाई गलाउन थाल्छन् ।

यसबीचमा गोहीले पटक पटक शरीरलाई ढाड र पेटतिर फन्फन्ती घुमाउँदै फन्को लगाइरहेको हुन्छ । त्यो प्रक्रियासँगसँगै आमाशयमा रहेका ढुंगाहरु पनि भोजन वरिपरि घुमेर त्यसलाई जाँतोले झै पिध्न थाल्छन् । फलस्वरुप, गोहीले त्यसरी खाएको खानेकुरालाई सहजै पचाउन मद्द गर्छ ।

यसबाहेक, गोहीको शरीरमा रहेका ती ढुंगाहरुले गोहीलाई लामो समयसम्म पानीमा डुबेर बस्न समेत मद्दत गर्छ भन्ने विश्वास गरिन्छ । –Rabina Mangranti

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button