Grace Computer Jawalakhel
गुड न्यूज 24मुख्य समाचारसमाचार

आफ्नो अक्सिजनसमेत दिएर डेथ जोनबाट मलेसियाका पवर्तारोहिलाई उद्वार गर्ने नेपाली ‘गेल्जे शेर्पा’

photo source:BBC

एजेन्सी । मेलेसियाबाट सगरमाथा पर्वतारोहण गर्न आएका पवर्तारोहीलाई मृत्युको मुखबाट जोगाएका छन् गेल्जे शेर्पाले । मे १८ मा शिखर चढेर आफ्ना चिनिया क्लाइन्टका साथ झर्ने क्रममा गेल्जेले रातिको साढे १२ बजे ती मलेसियन आरोहीलाई बाटोमा भेटेका थिए। उनका हातखुट्टा राम्ररी चलेका थिएनन् र उनी चिसोले कामिरहेका थिए। उनी केही भनिरहेका थिए तर उनको कुरा बुझिने किसिमको थिएन।

सगरमाथामा ८ हजार मिटर भन्दा माथिको उचाइलाई ‘डेथ जोन’ भनिन्छ। यो जोनमा सबै आरोहीलाई कठिन हुने गर्छ तर बेहोस भएर लडिरहेका ती मलेसियन व्यक्तिलाई त्यहीँ छोडेर फर्किन गेल्जेले सकेनन्। उनलाई बचाउन सकिन्छ भन्ने ठानेर करिब ४ घण्टा बोकेर गेल्जेले ति व्यक्तिको उद्वार गरेका हुन्।

केही मिटर तल ल्याएपछि उनले साथी ङिमासँग सहयोग मागेछन्। मलेसियनको अवस्था देखेपछि ङिमालाई पनि उनलाई बचाउनु पर्छ भन्ने लाग्यो।

उनिहरुले ति आरोहीलाई म्याटमा सुरक्षित साथ बेरेर पालैपालो बोकेर सगरमाथाको क्याम्प तिन सम्म लिएर आएका थिए । गम्भिर स्वास्थ्य अवस्थामा मध्यराति बाटोमा भेटिएका मलेशियाली आरोहीलाई उनीहरूले आफ्नो अक्सिजनसमेत दिएर सुरक्षित स्थानसम्म ल्याएका थिए ।

त्यहाँबाट हेलिकप्टरमा उनलाई काठमाडौं पठाइयो बाटोमै बेहोस भएर लडेका ती आरोही बाँच्ने भए भनेर गेल्जे र ङिमालाई खुसी लाग्यो।

त्यति धेरै उचाईमा आरोहीको उद्वार गर्न लगभग असम्भव हुने पर्यटन विभागका अधिकारीले र्युटरलाई बताए ।

गेल्जेले आफ्ना चिनियाँ क्लाइन्टलाई पर्वतारोहणलाई रोकी मलेसियन आरोहीलाई बचाउन मनाएका थिए । गेल्जेको भनाई अनुसार ”मठ मन्दिरमा गएर पुजा गर्नूृ भन्दा महत्वपुर्ण कुरा हो कसैको ज्यान जोगाउनु ।”

यस वर्ष मार्च देखि मे महिना पर्वतारोहण गर्ने समयमा नेपालले सगरमाथा आरोहणका लागि ४७८ वटा अनुपत्र दिएको जानकारी दिएको छ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button