अन्यसमाचार

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घिउः घरमा सुत्केरी हुने शून्य -GoodNews24

Gobal IME Bank

चन्द्रौटा । शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उहाँलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालीम दियो । तालीमपश्चात् उहाँ अहिले दैनिकी एउटा अण्डा खाने गर्नुहुन्छ । पहिलो पटक वडाले सहयोग गरेकोे र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उहाँले बताउनुभयो । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिनुभयो भने स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच पनि गरे । आफू र बच्चालाई वडाले गरेको सहयोगप्रति उहाँ खुशी हुनुहुन्छ ।

शिवराज नगरपालिका–१ का ६० जना गर्भवतीलाई वडा कार्यालयले प्रतिमहिला एक क्यारेट अण्डा र तालीम दिएको छ । गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालीम प्रदान गर्न नगरले प्रतिवडा रु ५० हजार रकम विनियोजन गरेको छ । नगरमा रहेका ११ वडामध्ये गर्भवतीलाई कोसेली दिने पहिलो वडा बनेको छ । वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्यकर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षेत्रीले जानकारी दिनुभयो । स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान परिवारले दिनुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै वडाले माघ महिनामा १४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ । गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको हो । वडा कार्यालय र शिवपुर स्वास्थ्यचौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको उहाँले बताउनुभयो । “पहिला स्वास्थ्य स्वेयम्सेविकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने गर्नुहुन्थ्यो अहिल आफैँ आउनुहुन्छ” प्रमुख पौडेलले भन्नुभयो “उमेर पुगेका महिला रहेकाले मातृ मृत्युदर पनि कम छ ।” वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झण्डा कार्यक्रमसमेत लागू गरेको छ । वडाभित्र रहेका सबै गर्भवतीको घरमा हरियो झण्डा फरफराइरहेको हुन्छ । गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्य उक्त कार्यक्रम लागू गरेको हो । गर्भवती, सुत्केरीलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम गरेका छन् ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button