गुड न्यूज 24समाचार

सुन मुल्य घट्यो

Gold price

Gobal IME Bank

काठमाडौँ। शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ ।

आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर एक हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबारसम्म एक लाख १३ हजार ५ सय रुपैयाँमा छापावल सुनको खरिद बिक्रि भएको थियो । यस्तै चाँदी १४ सय ९० रुपैयाँमा खरिद बिक्रि भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button