समाचार

हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज-Goodnews24

Gobal IME Bank

काठमाडौं – पछिल्लो २४ घण्टामा दुई हजार ३२६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८३१ जना क्‍वारेन्टिनमा रहेका छन्। देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ । शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button