गुड न्यूज 24मुख्य समाचारसमाचार

‘हराइरहेका एक विद्यर्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायसँग पुन अनुरोध गरिएको छ’

Israel

Gobal IME Bank

काठमाडौँ । इजरायलस्थित नेपाली राजदूतावासले शुक्रबार एक विज्ञप्ति जारी गर्दैनेपाल फर्किन बाँकी रहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्कन सहजीकरण गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ ।

दूतवासले अनलाइन रजिष्ट्रेशन विवरण प्राप्त हुने क्रम जारी रहेको बताउँदै नेपाल फर्काइसकिएका बाहेक फर्कन चाहने २०० जनाभन्दा बढीको विवरण प्राप्त भएको बताएको छ । निधन भएका १० नेपाली विद्यार्थीहरुको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भैरहेको दूतावासले जानकारी दिएको छ ।

हमास समूहको आक्रमणबाट घाइते भई उपचारका क्रममा रहेका ४ जनामध्ये २ दिनअघि डिस्चार्ज भएका १ जनालाई उद्धार उडानमार्फत नेपाल पठाइएको र उपचाररत अर्का १ जना अस्पतालबाट डिस्चार्जका क्रममा रहेको दूतावासले जनाएको छ । अन्य २ जनाको भने उपचार भैरहेको समेत विज्ञप्तिमा जानकारी दिइएको छ ।

विज्ञप्तिमा हराइरहेका एक नेपाली विद्यार्थीको खोजी कार्यलाई तीव्रता दिन इजरायलका उच्चस्तरीय निकायका पदाधिकारीहरुसँग पुनः अनुरोध गरिएको जनाइएको छ । नेपाल सरकार र दूतावासको सहयोगमा २५४ जना नेपालीको शुक्रबार बिहान उद्धार गरिएको थियो ।

दूतावासले उद्धार कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघसंस्थालाई धन्यवाद दिँदै इजरायलवासी सम्पूर्ण नेपालीलाई संयम रहँदै निरन्तर दूतावाससँगको समन्वय र सहकार्य गर्न तथा स्थानीय सुरक्षा निकायको निर्देशन पालन गर्न सूचित गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button