अन्यगुड न्यूज 24समाचार

काठमाडौँ महानगरपालिकामा ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी सूरु

Kathmandu Metro

Gobal IME Bank

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले ‘काठमाडौं मेट्रो आइडिया एन्ड इनोभेसन’ को सोच प्रदर्शनी सूरु गरेका छ ।

महानगरपालिकाको आइडिया बैंकको पहिलो चरणबाट विजेता बनेका शीर्ष ५० टोलीले सोच प्रदर्शन गरिरहेका छन् । ७८६ जना आवेदकबाट १०१ आइडिया पहिलो चरणमा छनोट भएका थिए ।

दोस्रो चरणमा ती आइडियामध्ये ५० वटा छनोट भएर विजेता घोषित भएका थिए। यसरी छानिएका आइडियाहरु आज प्रदर्शन भइरहेको महानगरपालिकाले जानकार िदिएको छ ।

प्रदर्शन पछि सोचलाई लगानीका लागि थप परिपक्व बनाउन तालिम दिइनेछ । सोच प्रदर्शन पछि सहरी योजना आयोगकी सहायक विज्ञ अग्मा मालाकारका अनुसार अन्तिम चरणमा टेलिभिजन शो हुने छ ।

सोच र लगानीकर्ताका बिच तत्काल सम्पर्क ९फास्ट ट्रयकमा गराउँछ । यसमा सहभागीलाई हरेक विशेषज्ञसँग अन्तरक्रियात्मक कुराकानी गराइन्छ । यसरी अन्तरक्रिया गराउनु ‘स्पीड डेटिङ्’ विधि हो । यो ज्ञान बाँडफाँड र साझेदारी गठनका लागि प्रभावकारी र गतिशील मानिन्छ ।

के हो आइडिया बैंक ?

महानगरपालिकाले सुरु गरेको आइडिया बैङ्क नविनतम सोचलाई लगानीसँग जोड्ने ठाउँ रहेको योजना आयोगले बताएको छ । यसबाट नवप्रर्वतक, उद्यमी व्यवसायीको सिप तथा ज्ञान अभिबृद्धि गर्दै लगानीकर्तासँग जोडिन मद्दत गर्छ ।

नविनतम सोचलाई उद्यमशील क्षेत्रका रुपमा विकास गर्न विकास कार्यमा सहयोग गर्ने, विकसित सोचलाई लगानीकर्तासँग जोडेर वेरोगजारीसँग सम्बन्धित समस्या कम गराउने यसको लक्ष्य रहेको मालकारले बताइन ।

महानगरपालिकाले २०८० जेठ २ गते पहिलो पटक सूचना प्रकाशित गरेर आवेदन आह्वान गरेको थियो । जसमा ७८६ जनाले आवेदन दिएका थिए । दोस्रो चरणका लागि अन्तिम ५० समूह छनौट गरिएको थियो ।

यस चरणमा प्रतिस्पर्धाका लागि समुदाय र वातावरण विधामा ३२, प्रशासनिक प्रभावकारितामा ७ वटा, सामुदायिक सेवामा २३ वटा, आर्थिक सामाजिक क्षेत्रमा १९ वटा र सहरी पूर्वाधारमा २० वटा गरी १०१ सोच छानिएका थिए । जसमा ७८ वटा समूह र २३ जना व्यक्ति थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button