मनोरञ्जनसफल कथासमाचार

गायीका कुन्ती मोक्तान: रेडियो नेपालमा भ्वाइस टेस्ट पास नहुँदा ६ महिना बजेको थिएन उहाँको यो गीत…

Gobal IME Bank

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा कुन्ती मोक्तानको नाम निकै परिचित र लोकप्रिय नाम हो । लोक शैली गीतहरुलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानको खुट्टा तान्दै गर, भन्छन् कोही जिन्दगीको, डाली डालीमा, माथि माथि सैलुङ्गेमा र चोली राम्रो पाल्पाली ढाकाको गीतहरु निकै लोकप्रिय छन् ।

कुन्ती मोक्तानको वास्तविक नाम कुन्ती सुन्दास हो । उहाँको जन्म भारतको दार्जिलिङमा वि.सं २०१९ असार २७ गते भएको हो । उहाँ बुवा प्रेम कुमार सुन्दास र आमा विष्णु माया सुन्दासको पहिलो सन्तान हुनु हुन्छ ।

कुन्ती मोक्तानलाई सानै उमेर देखि संगीत खुबै मन पर्थ्यो । उहाँको गायन प्रतिभाको कारण कक्षा आठमा अध्ययनरत हुँदा नै कुन्तीले आकाशवाणी नामक रेडियोमा भोइस टेस्ट पास गर्नु भएको थियो । त्यस समयमा उहाँ जम्मा १४ वर्षको हुनु हुन्थ्यो । स्वर टेस्ट पास भए पछि त्यहि वर्ष उहाँलाई कोरी बाटी नामको गीत रेकर्ड गर्ने अवसर प्राप्त भएको थियो । कुन्ती मोक्तानले गुरु जेसि राई सँग शास्त्रीय संगीत पनि सिक्नु भएको थियो । समग्र नेपालवासीलाई आफ्नो गीत सुनाउने चाहना सहित कुन्ती मोक्तान आफ्ना पति शिलाबहादुर मोक्तान सँग काठमाडौ आउनु भएको थियो ।

सन् १९८० मा काठमाडौँको नाचघरमा उहाँले आफ्नो प्रस्तुति दिनु भएको थियो । त्यहि समय रेडियो नेपालले उहाँलाई ३ दिनको अवधिमा संगीत तयार गर्न अवसर दिएको थियो र मोक्तानले त्यस समय ‘कहिले काँहि मलाई पनि हेरिदेउ है फर्केर…’ भन्ने गीत तयार गर्नु भएको थियो । रेडियो नेपालमा भोइस टेस्ट पास नगरी गीत बजाउन नपाइने कारणले गर्दा त्यसबेला उक्त गीत बज्न सकेन ।

उहाँको सो गीत ६ महिनासम्म बजेन । शास्त्रीय संगीतमा भोइस टेस्ट पास गरि सकेपछि कुन्ती मोक्तानको पहिलो गीत रेडियो नेपालमा बज्न थाल्यो । उहाँको यहि गीतले उहाँलाई निकै चर्चित बनाएको थियो । त्यस पछि कुन्ती मोक्तानले शिलाबहादुर मोक्तान सहकार्य गर्दै शास्त्रीय संगित र लोक गीतलाई फ्युजन गर्दै राम्रा राम्रा गीतहरु रेकर्ड गर्न थाल्नु भयो र त्यसपछि उहाँले लगातार राम्रा राम्रा सांगीतिक कोसेलीहरु दर्शक श्रोताहरुका लागि दिइरहनुभयो ।

नेपाली सांगीतिक क्षेत्रमा कुनै समय कुन्ती मोक्तान र शिलाबहादुर मोक्तानको वर्चस्व रहेको थियो । अहिले सम्म कुन्ती मोक्तानले ६ सय वटा गीतहरु गाई सक्नु भएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button