मुख्य समाचारसमाचार
देवीनगरका अतिक्रमित संरचनामा डोजर चलाएर व्यवस्थित बनाइँदै
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० नम्बर वडाको धोबीखोला देवीनगरमा अतिक्रमित संरचना हटाउन सुरु गरेको छ ।
देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएको संरचनाहरुलाई हटाउनको लागि महानगरले डोजर चलाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
पछिल्लो समय सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग, फुटपाथ व्यवसाय महानगर प्रहरीले
हटाउँदै आएको छ ।