Thursday , 29 July 2021

एमसिसी राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ : मन्त्री बाँस्कोटा -GoodNews24

कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी)को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताउनुभएको छ । सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले एमसिसीबारे व्यापक छलफल भइरहेकाले सार्वभौमसत्तालाई धरापमा राखेर सम्झौता गर्न नसकिने बताउनुभयो ।

देशको हितमा हुने सम्झौता गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । “एमसिसीबारे समय लिएर नै अध्ययनन गर्नुपर्छ”, सरकारका प्रवक्ता बाँस्कोटाले भन्नुभयो, “एमसिसी नेपालको हितमा भएमात्रै लागू गर्छौँ ।” उहाँले दार्चुलास्थित नेपाली भूमि फिर्ताका लागि सरकारले राजनीतिक र कूटनीतिक ढङ्गबाट सरकार अघि बढेको बताउनुभयो ।

निजी क्षेत्रले पारदर्शीरुपमा राज्यलाई कर तिर्नुपर्ने उल्लेख गर्दै उहाँले स्वदेशमै लगानी बढाएर रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । सरकारी र निजी क्षेत्रको सहकार्यमा स्थानीय साधन स्रोतको अधिकतम उपयोग गरी उत्पादकत्व बढाई युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने नीति लिइएको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

शिक्षा र भूमिसम्बन्धी सरकारले नयाँ नीति ल्याइरहेको चर्चा गर्दै उहाँले वर्षौँदेखि भोगचलनमा रहेको जग्गाको मालिक जनतालाई बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै भौतिक पूर्वाधार निर्माणमा जोड दिइ पर्यटन प्रवद्र्धन गरिनुपर्ने उहाँले बताउनुभयो । सरकारले महाकाली, कर्णाली करिडोरको काम अघि बढाउने बताउँदै मन्त्री बाँस्कोटाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाले समेत गति लिने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle