मुख्य समाचारसमाचार

नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीद्वारा मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा

Gobal IME Bank

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद डा. तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजिनामा दिनुभएको छ । आइतबार काउन्सिलमा गएर नवनिर्वाचित सांसद डा. कार्कीले राजिनामा बुझाउनुभएको हो ।

काउन्सिलको सदस्य पदमा रहँदै गर्दा नै उम्मेदवारी दिएको भन्दै निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरिदिएको थियो ।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै उहाँको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

अन्ततः गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा डा. कार्की राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button