अन्यसमाचार

खीर व्यापारबाट लाखौँ आम्दानी -GoodNews24

Gobal IME Bank

अमरगढी । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् ।

डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । ‘खीर बाजे’का नामले परिचित देउवा मासिक रु एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन् । ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उहाँ अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको प्रमुख भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताउनुभयो ।

सुदूरपश्चिममा मात्रै नभई सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ । उहाँले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताउनुभयो । खीर व्यवसायबाटै लाखाँै रुपैंयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै बुबाललाई सघाउँदै आइरहेका छन् ।

भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन खीर पसल स्थापना भएका छन् । प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ । आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”2573″] [irp posts=”4224″] [irp posts=”2714″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3875″] [irp posts=”3930″] [irp posts=”2617″] [irp posts=”4080″] [irp posts=”4103″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button