 काठमाडौं । मल्टीस्टारर फिल्म ‘के घर के डेरा’ को टाइटल ट्रयाक रिलिज भएको छ । तिहारको अवसर पारेर कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘के घर के डेरा’ को टाइटल ट्रयाक ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेहरुको अनेक समस्यालाई देखाएको छ । गीतका शब्दहरु रमाइलासँगै यथार्थपरक छन् ।

दीपेन्द्र के. खनालको निर्देशनमा फिल्म बनेको छ । फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय छ ।
शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन फिल्ममा रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । फिल्ममा सिंगे लामाको कथा रहेको छ । काठमाडौंमा घर हुने र डेरामा बस्नेको समस्यालाई फिल्मले रोचक ढंगले उठान गरेको छ ।