Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

मानसिक स्वास्थ्य समस्याका जटिलता

Mental Health

काठमाडौँ। मानसिक समस्या धेरै मानिसहरुमा हुने गरेको देखिन्छ । हालको तथ्यांक अनुसार प्रत्येक वर्ष ५ जना मध्ये १ जनालाई कुनै न कुनै प्रकारको मानसिक समस्या हुने गर्छ।

मानसिक रोग बच्चादेखि वृद्ध सबै उमेर समुहका मानिसहरुलाई हुने गर्दछ। प्राय जसो कम उमेरका व्यक्त्तिहरुलाई मानसिक समस्या बढी हुने गरेको देखिन्छ। मानसिक समस्याको असर कसैमा केही समयको लागि हुन सक्छ भने कसैलाई लामो समयसम्म पनि हुन सक्छ । एक जना मानिसलाई एक वा एक भन्दा धेरै प्रकारको मानसिक समस्या हुन सक्छ। मानिसलाई अपाङ्ग बनाउने एक प्रमुख कारण मानसिक रोग पनि हो। बेलैमा मानसिक रोगको उपचार गराउन सकिएन भने भावनात्मक, ब्यवहारिक र शारिरीक रुपमा नै असक्त्त बनाउने गर्दछ।

– दुखी जीवन अथवा कुनै पनि कुरामा रमाउन नसक्ने अवस्था,
– पारिवारिक झैझगडा, मनमुटाव,
– सम्बन्ध स्थापना गर्न तथा भएको सम्बन्धलाई निरन्तरता दिनमा समस्या,
– मदिरा सेवन, सुर्तिजन्य पदार्थ सेवन तथा अरु नशालु पदार्थहरुको सेवन,
– विद्ययालय नै नजाने, अध्ययनमा समस्या, काम गर्न मन नलाग्ने, गरेको काम पनि सोचे जस्तो नहुने,
– सहपाठीहरुसँग मनमुटाव तथा झैझगडा, तनावको सम्बन्ध,
– बारम्बार आर्थिक, कानुनी झमेलामा परिरहने,
– आफुलाई खतरा हुने कार्य गर्ने जस्तैस हतियारले काट्ने प्र्यास गर्ने,
– अरुलाई नोक्सान हुने कार्य गर्ने जस्तै कुटपिट गर्ने, गालिगलौच गर्ने,
– मधुमेह तथा मुटु रोग जस्ता दिर्घ रोगहरु लाग्ने,

मानसिक समस्याको लागि उपचार

मानसिक समस्या भएको थाहा पाउने बित्तिकै चिकित्सकको परामर्शका लागि जानु पर्छ । सुरु मै उपचार गर्दा मानसिक पिडा कम हुने, छोटो समयमा नै रोग निको हुने सम्भावना हुन्छ । उपचार नगरी घर मै बसिराख्दा मानसिक समस्या निको हुँदैन बरु झन जटिल हुदै जान्छ। पहिला कसैलाई मानसिक रोग भयो भने उपचार नगराई बस्ने अथवा धामिझाँक्रीको उपचारमा लाग्दा अरु प्रकारका मानसिक रोगहरु पनि थपिदै गएर उक्त व्यक्तिको मानसिक स्वास्थ्य जटिल अवस्थामा पुग्ने गरेको हामीले हाम्रो समाज वरिपरी पक्कै पनि देखेका छौँ । मानसिक रोग लागेको थाहा भएमा तुरन्त मानसिक रोग बिशेषज्ञ सँग परामर्श गर्नु राम्रो हुन्छ।

मानसिक रोगको उपचार कसरी गरिन्छ ?

मानसिक रोगको उपचार साइकोथेरापी अथवा काउन्सेलिङ तथा औषधीले अथवा कुनै कुनै मानसिक रोगहरुमा दुबै विधिहरु बाट पनि उपचार गर्नुपर्ने हुनसक्छ। कुन विधिले उपचार गर्दा रोग निको हुन्छ भन्ने कुरा बिशेषज्ञले मात्र सल्लाह दिन सक्छन।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button