Grace Computer Jawalakhel
मनोरञ्जनसमाचार

हलिवुड फिल्म बार्बी’ र ‘ओपेनहाइमर’को दबदबाबीच ‘अदृश्य’ आजबाट हलमा

Friday Release

काठमाडौँ। हलिउडका दुई फिल्म ‘बार्बी’ र ‘ओपेनहाइमर’ले नेपालमा निकै राम्रो व्यापार गरिरहेका छन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड फिल्म ‘रक्की और रानीकी प्रेम कहानी’को व्यापार पनि सुखद रहेको छ । जसले गर्दा नेपाली बक्सअफिसमा विदेशी फिल्मको एकछत्र दबदबा भईरहेको देखिएको छ । यसबीच, शुक्रबारबाट प्रल्हाद काफ्लेद्वारा निर्देशित नेपाली फिल्म ‘अदृश्य’ प्रदर्शनमा आएको छ ।

फिल्मले काठमाडौंका मल्टीप्लेक्सहरुमा न्यून शो पाएको छ, त्यो पनि एकाधमा । क्यूएफएक्स चेनले काठमाडौँबाहेक विराटनगर, नेपालगञ्ज, नारायणगढ, विर्तामोड र दमौलीमा एक एक शो बाँडेको छ । त्यस्तै, काठमाडौंका विएसआर, आइएनआई, रञ्जना, वान सिनेमाजलगायतले पनि फिल्मलाई एक एक शो मात्रै दिएका छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुति रहेको ‘अदृश्य’मा प्रमोद अग्रहरी, सोहित मानन्धर, रिश्ता बस्नेत, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवि गिरी, विकेश प्रजापती, सिएम भारद्वाज सुवेदी, गीत विष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, अभिमान सिंह बस्नेतलगायतको अभिनय रहेको छ । उक्त फिल्मको निर्माता मिना बस्नेत र उमारुद्रा काफ्ले हुन् ।

‘अदृश्य’को सह निर्मातामा रविन अधिकारी र रिकेश खत्री हुन् । आकाश उखेडाको पटकथा तथा संवाद, राकेश रनपालको कथा, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, मुकेश शाहको पार्श्व संगीत, निशान घिमिरेको कलर तथा बनिश शाहको सम्पादन रहेको फिल्मलाई आरआर फिल्म्सले देशभर वितरण गरेको छ । फिल्म सस्पेन्स थ्रिलर कथामा आधारित भएर बनेको छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button