शिक्षा स्वास्थसमाचार

पीरियड क्र्याम्प: यी खानेकुराहरुले गर्छ रिलिफ, हेर्नुहोस्

Gobal IME Bank

काठमाडौं । हरेक महिना एक स्वस्थ महिलामा हुने प्राकृतिक प्रकिया हो महिनावारी अथवा पीरियड । यो समय त्यस्तो हो जब शरीरका हर्मोनहरुमा परिवर्तन आउँछ । महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । साधारण तया महिनावारी १२ देखि १५ वर्षको उमेरबाट सुरू हुन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ ।

महिलाहरुमा धेरैजनालाइै हरेक महिना महिनावारी हुँदा निकै नै कष्ट हुने गर्दछ । विशेषगरी पेट, ढाड दुख्ने समस्याले महिलाहरुलाई सताउने गर्छ । धेरै महिलाहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै बेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ । महिलाहरुले हरेक महिना यो सबै भोग्नुपर्ने हुन्छ । महिनावारीमा अमिलो, पिरो खान मन लाग्ने हुन सक्छ तर त्यो भन्दैमा धेरै अमिलो पिरो वा अन्य हेभी खाना खानु हुँदैन । आफ्नो स्वास्थ्यको ख्याल गरी हरियो साग पात, गेडागूडी र प्रशस्त झोलिलो खाने कुरा खानु राम्रो हुन्छ । यसरी महिनावारीमा हुने पीडालाई केही हदसम्म कम गर्नका लागि केही खानेकुराहरु निकै नै उपयोगी हुने गर्दछन् । के के हुन् त ती खानेकुराहरु ? जानी राखौँ ।

१) फलफुलः फलफुलहरु स्वादिष्ट हुनुका साथै आवश्यक पोषक तत्वले पनि भरिपूर्ण हुन्छन् । महिनावारीको बेला कम्तीमा पनि दिनमा दुईपटक फलफुल खानाले फाइदा हुन्छ । पीरियड क्र्याम्प भएको बेला केही फलफुल निकै लाभदायक हुन्छन् । केरामा भिटामिन बी सिक्स र पोटासिएम पाइन्छ जसले ब्लोटिंग र मसल क्र्याम्पलाई कम गर्न मद्दत गर्छ । त्यस्तै गरी भुइकटरमा पनि ब्रोमेलेन पाइन्छ जसले तपाईको दुखाइलाई कम गर्न सक्छ । भुइकटरमा आइरन र भिटामिन सी पनि पाइन्छ । किवीमा पाइने इन्जाइमले खानेकुरा पचाउन र पेटलाई आराम दिलाउन सहयोग गर्छ । यस्तै गरी खरबुजा, काँक्रो, कागती, सुन्तला पनि फाइदाजनक छन् ।

२) हरियो सागपातः विशेषगरी महिनावारीको बेला हरियो सागपात खानु एकदमै फाइदाजनक हुन्छ । हरियो सागपातमा आइरनको मात्रा अत्याधिक रुपमा पाइन्छ । यसरी महिनावारीका बेला धेरै आइरन लस हुने भएकाले हरियो सागपात खानुपर्छ । सागपातमा पानीको मात्रा हुने भएकाले यसले दुखाइलाई कम गर्न मद्दत गर्ने गर्दछ । हरियो सब्जी जस्तै ब्रोकाउलीका साथै रायो, तोरी, चम्सुर, पालुङ्गोको साग खानु लाभदायक हुन्छ ।

३) माछाः पीरियड क्र्याम्प कम गर्नका लागि माछा निकै उपयोगी हुने गर्दछ । तर यसको मतलब हामीले तारेको चिल्लो माछा भने खानुहुँदैन । लो फ्याट फिस जस्तै साल्मोन, टुना, म्याकरल, ट्राउट माछा खानु लाभदायक हुन्छ । माछामा ओमेगा थ्रि फ्याट्टी एसिड हुन्छ जसले शरीरमा ब्लड फ्लो र सर्कुलेसन बढउँछ । त्यसैगरी अण्डामा पनि ओमेगा थ्रि फ्याट्टी एसिड हुने भएकाले यो खानु पनि राम्रो मानिन्छ ।

४) डार्क चकलेटः महिनावारीको बेलामा धेरै महिलाहरुलाई चमलेटको क्रेभिङ हुने गर्छ । डार्क चकलेटले त्यो क्रेभिङ मेटाउनुका साथसाथै पीरियड क्र्याम्पलाई कम गर्न सहयोग गर्छ । डार्क चकलेटले सेरोटोनिन र इन्डोरफिन नामक हर्मोन रिलिज गर्छ जसले तपाईलाई खुसी बनाउँछ । महिनावारीको बेला मुड सुइिङ् हुनेका लागि यो फाइदाजनक हुन्छ । यो मिठो डार्क चकलेटमा भिटामिन बी वान्, सी,डी र इ साथै क्लासियम, पोटासिएम, म्यागनेसियम र आइरन पनि पाइने बताइन्छ ।

५) ड्राई फुर्ट र सिड्सः महिनावारीको बेलामा ड्राई फुर्टको सेवन गर्नु पनि लाभदायक हुन्छ । त्यस्तै गरी पमकिन सिड, फ्ल्याक्स सिड र सिया सिड खानु पनि राम्रो मानिन्छ । यसमा ओमेगा थ्रि फ्याट्टी प्रोटिन र थुप्रै भिटामिन र मिनरल्स पाइन्छ । यसले महिनावारीको बेलामा हर्मोनलाई रेगुलट गर्न मद्दत गर्छ ।

६) अदुवाः अदुवा अथवा अदुवाको चिया खानु महिनावारीको बेलामा निकै फाइदाजनक हुन्छ । यसले पनि पीरियड क्र्याम्पलाई कम गर्न सहयोग गर्छ ।

७) पुदीनाः महिनावारीको बेलामा पुदीनाले पनि निकै फाइदा गर्दछ । पुदीनाले खानेकुरामा पनि स्वाद थप्ने काम गर्छ । कागती र पुदीना पानीमा मिसाएर खाँदा यसले पीरियड क्र्याम्पलाई कम गर्न सहयोग गर्छ । त्यस्तैगरी चट्नी र अन्य खानेकुरामा पुदीनाको प्रयोग गर्न सकिन्छ । त्यस्तैगरी पेपरमिन्ट खानाले पनि दुखाइलाई कम गर्न मद्दत गर्ने गर्दछ ।

८) दालचिनीः दालचिनीले महिनावारीको बेलामा हुने सूजनलाई कम गर्छ । चियामा दालचिनीको धूलो मिसाई पिउनु लाभदायक हुन्छ ।

यस्ता विभिन्न किसिमको खानेकुरा मिलाई खाएमा महिनावारीमा हुने दुखाई अथवा पीरियड क्र्याम्प केही हदसम्म कम हुन सक्छ । यसका साथै प्रशस्त पानी पिउनु, व्यायाम गर्नु र आराम गर्नु पनि आवश्यक हुन्छ ।

 

 

यो पनि पढ्नुहोस् ….

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button