
काठमाडौं । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘२ नम्बरी’ असोजको २१ गतेबाट रिलिज हुँदैछ । चलचित्रको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।
चलचित्रलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यता चलचित्रको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन आज बिहान नेपाल आएकी छिन् ।
नायिका उगेन नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ ।
नायक दयाहाङ राइको जोडीको रुपमा उगेनले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ ।यद्यपी चलचित्र ‘२ नम्बरी’को टिजर भने सार्वजनिक भईसकेको छ ।