समाचारसूचना प्रविधि

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

Narayangadh Muglina Road

Gobal IME Bank

काठमाडौँँ। अविरल वर्षासँगै आएको पहिरोको कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका ६ कालीखोलालगायत नारायणगढ मुग्लिन सडकका विभिन्न ठाउँमा पहिरो खसेको कारण सडक अवरुद्ध भएको थियो ।

बिहानैदेखि सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाउने कार्य गरिरहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको दुई ठाँउको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान करिब ५ः२० बजेको समयमा इच्छाकामना गाउँपालिका–६ कालिखोला माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपेखोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए। सडक एकतर्फी सञ्चालनमा आएसगै रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाडौँ र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button