मनोरञ्जनसमाचार

नेपाली एनिमेटेड फिल्म ‘सलीना’को पोस्टर सार्वजनिक

Nepali Animated Film

Gobal IME Bank

काठमाडौं । नेपाली एनिमेटेड फिचर फिल्म ‘सलीना: योद्धा राजकुमारी’को पोस्टर सार्वजनिक भएको छ । समाजमा प्रचलित राजकुमारीको लोककथालाई आधार बनाएर निर्माण गरिएको यो नेपालकै पहिलो एनिमेटेड फिल्म हो ।

६ वर्ष लगाएर रेनमेकर एनिमेसन एकेडेमीले फिल्म निर्माण गरेको निर्देशक तेजसराज जोशीले बताएका छन्। फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन । निर्देशक जोशीका अनुसार यसै वर्ष ‘सलीना’लाई नेपाली सहित हिन्दी र अंग्रेजी भाषामा रिलिज गरिने जानकारी दिइएको छ ।

शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेको फिल्ममा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धर ग्राफिक कलाकारका रुपमा छन् । यसमा कृष्मा राजकर्णिकार, लजिना श्रेष्ठ, बेनिशा खतिवडा, अदिती ज्ञवाली, एज्मे कुइकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, युविन पुजारी, जुना थापा, कुमार न्यौपानेलगायतले स्वरांकन गरेका छन् । फिल्मको निर्माता तेजसराज जोशी र श्रुति श्रेष्ठ हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button